कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो ।
सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।
बङ्गलाचुली गाउँपालिका–३, लेकतापा निवासी ३० वर्षीय गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नुपर्ने बाध्यता हटेको छ । गाउँमा खानेपानी आयोजना निर्माणसँगै घर घरमा धारा आएपछि वर्षौँदेखिको खानेपानी समस्या हटेको पुन बताउनुहुन्छ । एक छोरा र दुई छोरीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी पुनलाई खानेपानीको धारा आएपछि स्थानीय सरकार घरमै आएको अनुभूति मिलेको छ । “श्रीमान् कमाउन इन्डियामा हुनुहुन्छ, घरमा छोराछोरी सानै छन् । त्यही भएकाले घरको सम्पूर्ण काम म आफैँले गर्नुपर्ने बाध्यता छ । अँध्यारोमै उठेर खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता थियो तर अहिले हट्यो,” उहाँले भन्नुभयो ।
दार्चुला जिल्ला सदरमुकाम खलङ्गा वरपरका क्षेत्रहरू खलङ्गा, छापरी, काँटै, धाप र दत्तु समेटेर महाकाली नगरपालिका बनेको हो । यो नगरपालिकामा नौ वडा छन् । पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहुँ, दक्षिणमा शैल्यशिखर र मालिकार्जुन पालिका रहेका छन् । करिब २१ हजार जनसङ्ख्या र १३५.११ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो नगरपालिका कृषि उत्पादनका लागि राम्रो मानिन्छ । सोही नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट नरसिंह चैसिर हुनुहुन्छ । नगरपालिकाको आर्थिक तथा सामाजिक विकाससँगै उहाँको कार्यकालमा भएका उपलब्धिका विषयमा दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गरेको सङ्क्षिप्त कुराकानी :
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । झापाको लखनपुर (दमक सबस्टेसन) देखि अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न यो लाइन निर्माण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली कोरिडोर सञ्चालनमा छ ।
एक्काइसौँ शताब्दी प्रविधिकेन्द्रित युगको रूपमा अगाडि बढ्दै छ । विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा तीव्रतर प्रगति गर्ने मुलुकले चाँडो समृद्धि हासिल गर्ने स्पष्ट भइसकेको छ । यो सबै विद्युतीय प्रविधि क्षेत्रको विकासलाई विश्वका सबै मुलुकले पहिलो प्राथमिकतामा राख्दै आएका छन् । विद्युतीय प्रविधिको उन्नत प्रयोगले कागजी लेखापढीलाई विस्थापित गर्दै लगेको यथार्थ सबैसामु छर्लङ्ग भइसकेको छ । त्यसो त सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा नेपाल पनि द्रुतत्तर गतिमा अगाडि बढिरहेको छ । यद्यपि मुलुकभर भरपर्दो र गुणस्तरयुक्त प्रविधि विस्तार हुन भने सकिरहेको छैन । यसै तथ्यलाई दृष्टिगत गर्दै सरकारले ‘डिजिटल
नेपालमा पहिलो पटक निजामती सेवा ऐन, २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको कार्यकालबाट प्रारम्भ भई व्यवस्थित भएको हो । विभिन्न समयमा भएका राजनीतिक परिवर्तन सँगसँगै निजामती सेवा ऐनमा सुधार र परिमार्जन भएको पाइन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् देशमा बहुदलीय व्यवस्था लागु भएपछि निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० लागु भएको हो । २०६३ सालमा देश गणतन्त्रमा रूपान्तरित भएपछि पनि सोही ऐनमा समावेशीको अबधारणा अनुरूप संशोधन गरियो र २०७२ सालमा नेपालको संविधान आएपछि गणतन्त्रात्मक व्यवस्थाका साथै सङ्घ, प्रदेश र स्थानीय तह गरी
कुशल इन्जिनियर र इन्जिनियरिङबिना सुन्दर संसारको परिकल्पना गर्न सकिँदैन । विज्ञान र प्रविधिको क्षेत्रमा भौतिक शास्त्रको निकै महत्व रहेको छ । कुशल इन्जिनियरले आफ्नो शिक्षा, ज्ञान, कलामार्फत संसारलाई सजाउँदै मानवलाई खुसी र सुखी बनाउन सक्छ । त्यस्तै नेपालमा पनि पूर्वाधार निर्माण, प्रविधि विकास र विविध क्षेत्रमा इन्जिनियरिङको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । इन्जिनियरिङ क्षेत्रले विकासका लागि एक महत्वपूर्ण भूमिका निर्वाह गर्छ, जसले नेपाल जस्तो अल्पविकसित मुलुकलाई समृद्धि र प्रगतिको बाटोतर्फ डोर्याउँछ ।
१. गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र कहिले सार्वजनिक गर्यो ? विसं २०८० माघ १८ – गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले माघ १८ गते पोखरामा अवधारणापत्र सार्वजनिक गर्नुभएको । – गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को समयावधि २०८१ असारमा सम्पन्न हुने भएकाले सोपश्चात्को पाँच वर्ष (२०८१/८२–२०८५/८६) को अवधिमा कार्यान्वयन हुने गरी दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका लागि अवधारणापत्र तयार गरिएको । – प्रदेशका ११ जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला, विज्ञ एवं सामाजिक क्षेत्रका व्यक्तिको राय लिएर अवधारणापत्र तयार पारिएको ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।
सार्वजनिक संस्थान सञ्चालनका उद्देश्य १. सार्वजनिक संस्थान सञ्चालनका उद्देश्यहरू उल्लेख गर्दै नेपालमा सार्वजनिक संस्थानको स्थिति विश्लेषण गर्नुहोस् । सरकारको पूर्ण वा अधिकांश स्वामित्व र नियन्त्रण स्थापित हुने गरी व्यवस्थापन तथा सञ्चालन हुने प्रतिष्ठानहरू नै सार्वजनिक संस्थान हुन् । यिनीहरूको व्यवस्थापन र सञ्चालनमा सरकारको प्रत्यक्ष प्रभाव रहन्छ । सार्वजनिक संस्थानमा सञ्चालकहरूको नियुक्ति, नीति तथा कार्यव्रmम निर्माण तथा रणनीतिक निर्णयको माध्यमबाट सरकारले आफ्नो नीति कार्यान्वयन गराउँछ ।
सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन । बरु पछिल्ला दिनमा व्यवसायिक फर्मबाट बदमासी हुने क्रम बढेको छ । अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएमा ठुला र सानालाई एउटै प्रकृतिको जरिबाना भएकाले ठुला फर्मबाट गलत गर्ने क्रम बढेको हो । विभागको अनुगमन टोलीले सोमबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेकी मिनाक्षी खाद्य उद्योगमा सिलबन्दी गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि विभागले उक्त उद्योगमा सिलबन्दी गरेको हो । गोप्य सूचनाका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उक्त उद्योगमा अनुगमन गरी सिलबन्दी गरियो ।
हलमा नेपाली चलचित्र खासै चल्न नसके पनि युट्युबमा भने नेपाली चलचित्रले दर्शकको मन जितिरहेका छन् । नेपाली चलचित्र अहिले युट्युबमा करोडौँ पटक हेरिन थालेका छन् । चलचित्र हलमा खासै नटिकेका कतिपय चलचित्र युट्युबमा धेरै पटक हेर्ने गरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएको मध्येको चलचित्र छक्का पञ्जा–३ पनि हो । दीपाश्री निरौला निर्देशित यो चलचित्रलाई युट्युबमा तीन करोड चालिस लाख पटक हेरिएको छ ।
सुनसरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चांदवेलाका कृषकहरू मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राबारे तस्बिर प्रदर्शनी सुरु भएको छ । सङ्ग्रहालयको २१ औँ स्थापना दिवसका अवसरमा पाटन दरबार सङ्ग्रहालय र हनुमान ढोका दरबार सङ्ग्रहालयको सहकार्यमा सो प्रदर्शनी गरिएको हो ।