भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एक जना कामदारको मृत्यु हुनाका साथै छ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ ।
पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पाकिस्तानी नौ सेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकको उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमबार सम्भावित लगानीकर्ताहरूलाई परिहोजनाम सामेल गराउनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनः उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नु परेको उद्योग व्यवस्थापनले जनाएको छ ।
तनहुँमा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगले बङ्गुर मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । भ्याक्सिन नभएकाले रोग नियन्त्रणमा लिन नसक्दा कतिपय किसानको बङ्गुर मरेर खोर रित्तिन थालेको छ ।
नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ ।
मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो।
जलवायु परिवर्तनको कारणले शीतोष्ण हावापानीमा हुने फलफूलको उत्पादनमा गिरावट आउन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आफ्नो फर्म उपल्लो मुस्ताङतर्फ बिस्तार गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ।