• १२ मंसिर २०८१, बुधबार

दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एकको मृत्यु छ जना घाइते

blog

सियोल, माघ २३ गते । दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एक जना कामदारको मृत्यु हुनाका साथै छ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ ।

देशको पश्चिमी बन्दरगाह सहर इन्चियनको ह्युन्डाई स्टिल कारखानामा फोहोर प्रशोधन ट्याङ्की सफा गर्दा सात जना कामदार घाइते भएका छन् । हृदयाघात भएका कामदारलाई कार्डियोपल्मोनरी रिससिटेसन अन्तर्गत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।  

अन्य छ जना कामदारले चेतना र श्वासप्रश्वासमा कठिनाइ जस्ता लक्षणको लागि उपचार गरिएको छ । कामदारहरूले ग्यास मास्क बिना ट्याङ्कीमा छोडेको हाइड्रोफ्लोरिक र नाइट्रिक एसिडको स्लज हटाउँदै गर्दा दुर्घटना भएको पुष्टि भएको छ । घटनाबारे प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।  रासस/सिन्ह्वा