• १२ मंसिर २०८१, बुधबार

पाकिस्तानी अधिकारीद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार

blog

फाइल तस्बिर

इस्लामावाद, माघ गते । पाकिस्तानी नौ सेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकको उद्धार गरेका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए । पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटना स्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर-सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  

फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान सुरु गरिएको पाकिस्तानी नौ सेनाका अधिकारीले डुङ्गामा देखिएको प्राविधिक समस्या समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ । पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै सङ्कटग्रस्त डुङ्गाको सुरक्षासमेत सुनिश्चित गरेको बताएको छ । रासस/सिन्ह्वा