निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।
खोलामा बेपत्ता हुनु भएको कैलालीको धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विकको शव आज फेला परेको छ । कैलारी गाउँपालिका –६ स्थित धर्मापुर मामाघर गएकोबेला गौकन्द्री खोलामा साथीसँग पौडी खेल्नेक्रममा विक वेपत्ता हुनुभएको थियो ।
काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । बिहीबार परीक्षण गर्दा थप तीनजनामा हैजा पुष्टि भएको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
काठमाडौं, असार १७ गते। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। समयमा विद्यालयमा पाठ्यपुस्तक नपुर्याएको भन्दै अखिल (क्रान्तिकारी)ले मोसो दलेर शुक्रबार कार्यकक्षमै दुर्व्यवहार गरेको हो। देशभर विद्यालयमा पाठ्यपुस्तक पुर्याउन नसकेको भन्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नेतृत्वमा झालाई कार्यकक्षमै मोसो दलिएको महासचिव ललित बिकले जानकारी दिनुभयो। झामाथि देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको , राजधानीमा समेत पाठ्यपुस्तक विद्यालयमा पुर्याउन नसकेकोे, केन्द्र लामो समयदेखि चरम भ्रष्टाचारमा मुछिएको, कागज खरिदमा अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर केन्द्र डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविष्यमाथि खेलवाड गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गएमा सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ।
झापाको दमक र आसपासको क्षेत्रमा सर्पको डसाइका बिरामीहरु बढेका छन् । दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार सेवामा दुई साता यता शुक्रबार अपरान्हसम्म ६० जनाले उपचार लिएका छन् ।
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो ।
राजस्व चुहावट गरेको आरोपमा ८० लाख बिगो कायम गरी राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दिवंगत छोरा साकार दाहालको शालिक अनावरण गर्नुभएको छ ।
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ ।
अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयको भ्रमण गर्नुभएको छ ।
भारतबाट विभिन्न व्यावसायिक सामग्री लिएर नेपाल आएका कन्टेनर फर्किने क्रममा तस्करीका सामान भरेर फर्किने गरेको छ । नेपालबाट भारततर्फ फर्किरहेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको छ ।