चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ । यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।
शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ ।
कोरोना महामारी सङ्क्रमण(लकडाउन)का समयमा भक्तपुरको लोकन्थलीबाट एक्कासि हराएको छोरालाई खोज्नका लागि सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ की आमा रुद्रकुमारी उप्रेती बनेपा, धुलिखेल ललितपुर, भक्तपुर लगायतका स्थानमा भौतारिदैं हिँडी रहनु भएको छ । आफूले मात्रै खोज्दा नभेटिएपछि प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, सरकारी निकाय, व्यक्ति सबैलाई छोरा दामोदर खोजी गरी दिनका लागि आमा रुद्रकुमारीले आग्रह गर्नु भएको छ ।
सर्लाहीको चुरेभेगका स्थानीय अझै कुवाको पानीमा निर्भर रहेका छन् । यहाँको चुरे पाखाका विकट बस्तीमा बसोबास गर्ने स्थानीयलाई खानेपानीका लागि कुवाबाहेक अन्य विकल्प छैन । स्थानीयले खोला किनार तथा पाखापखेरामा रसाएको पानी पिउँदै आएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा शून्य समयमा बोल्दै सत्ता र प्रतिपक्षका प्रदेश सदस्यहरूले सरकारको आलोचना गरेका हुन् । प्रदेश सरकार एकलौटी ढङ्गले चल्न थालेको र सदनप्रति उत्तरदायी नभएको उहाँहरूको जिकिर छ । सत्तारूढ दल नेकपा (माओवादी) बाट प्रतिनिधित्व गर्नुहुने अक्कलबहादुर रावलले सरकार ठिक ढङ्गले नचलेको गुनासो गर्नुभयो ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा–४ को बार्जुगाड खोलाको पुल निर्माण काममा ढिलाइ भएको छ । चार वर्षअघि निर्माण सक्ने गरेर अछामको साउद एडभेन्चर जेभीले २०७२ सालको असारमा दुई करोड रुपियाँमा ४५ मिटर लम्बाइ पुल निर्माण कामको जिम्मा लिएको हो ।
व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेको यस कोरिडोरका लागि चालु आवमा ५८ करोड रुपियाँ मात्र विनियोजन भएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा करिब ४० करोड रुपियाँ खर्च भइसकेको छ । पुसयता पनि २५ करोडभन्दा बढीको काम भइसकेको छ । रकम भने १८ करोड रुपियाँमा मात्र बाँकी रहेको तमोर कोरिडोर आयोजना प्रमुख प्रदीप निरौला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेट अभाव भएकाले काम नै रोकिने अवस्थामा पुगेको छ ।”
कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिँदै आएको अनुदानबाट सुर्खेत जिल्लाका ९२६ किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक रूपमा पशुपन्छीपालन गर्दै आएका छन् । गएको वर्ष सबैभन्दा बढी गुर्भाकोट नगरपालिकाका कृषक लाभान्वित भएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
जाजरकोट भूकम्पमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा १२ जनाको मृत्यु र ८९ जना घाइते भए । सो पालिकाको छ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । गाउँपालिकाका ११ वटा सामुदायिक भवन, ३१ वटा खानेपानी आयोजना, १७ वटा सिँचाइ आयोजनामा भूकम्पले क्षति पुगेको छ । लघुजलविद्युत् आयोजनाका पाँच वटा घर, दुई
कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।
वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय भएको भन्दै सम्बद्ध सरोकारवालाले वन पैदावार उपभोग बढाउने गरी वन ऐन संशोधन गर्न सुझाव दिएका छन् । वन ऐनका कारण वनभित्र उत्पादन भएका वन पैदावारको उपभोग हुन नसकेको गुनासो सरोकारवालाको छ । वन ऐनका कारण देखिएको झन्झट हटाउनुपर्ने सुझाव उहाँहरूको छ । ‘सामुदायिक वनका सवालहरू’ विषयक बुटवलमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश सामुदायिक वनका उपभोक्ताले वन ऐनको नाउँमा उपभोक्तामाथि नै अन्याय गरिएको बताएका हुन् ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँके जिल्लाको ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पु¥याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ निर्माण भइरहेको आयोजनाबाट हालसम्म करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । नेपाल सरकारको आफ्नै लगानीमा आर्थिक वर्ष २०६२/६३ देखि निर्माण थालिएको आयोजना आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको जनाउँदै आयोजना प्रमुख देवराज निरौलाले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो । उहाँले हालसम्म पूर्वी र पश्चिमी भूभाग गरेर करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र अन्य लक्षित भूभागमा पानी पु¥याउने कार्यका लागि निर्माण चलिरहेको बताउनुभयो ।
सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल भएको हुँदैन ।