हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि बन्द रहेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा बन्द र रुग्ण पुनः सञ्चालनको सूचीमा परेसँगै चर्चामा आउने गरेको छ । पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।
रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था अहिले छियाछिया परी कहालीलाग्दो बनेको बताउनुभएको छ ।
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पाल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अफ्ठेरोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्नेगरी एकीकृत प्रणाली विकास गरिने भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लै चुनाव लड्ने भएकाले सोहीअनुसार तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा शून्य समय माग गरेर समसामयिक विषयमा धारणा राख्दै उहाँहरूले सदन र जनताप्रति सरकार उत्तरदायी नभएको आरोप लगाउनुभयो ।
प्रेस चौतारी कपिलवस्तुले २६ औँ स्थापना दिवसमा तीन जना पत्रकारलाई उपचार राहत सहयोग प्रदान गरेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँ गाउँबाट दुई करोड बढी रुपियाँको सुन्तला बिक्री भएको छ । स्थानीय कमला पोखरेलले यो वर्ष सबै सुन्तला घरबाटै बिक्री गरेको बताउनुभयो ।
गोरखामा गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–४ स्थित खुदीटारका स्थानीय भोजबहादुर पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले संसारभरि साझेदारीमा विमानस्थल, एयरलाइन्स, स्टक एक्सचेन्ज चलेको बताउँदै नेपालमा पनि त्यसरी नै जान सकिने बताउनुभएको छ ।
यहाँ निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाका प्रभावित बासिन्दाहरूले जमिनको बदलमा जमिन दिन माग राखेका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा सोमबार व्यास नगरपालिका–४ सिमलटारमा आयोजना गरेको तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित नागरिकको मानव अधिकारको अवस्था र परामर्श कार्यक्रममा प्रभावित सो माग राखेका हुन् ।
काेशी सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्धमा साेमबार अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो ।