इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई अर्को बलियो टोली आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले शीर्ष टोली लिभरपुललाई ३–१ गोलले हरायो ।
बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले बढी हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा नेपालगन्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।
खोटाङको रावाबेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । करिब पाँच करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
सङ्घीयता कायम भएपछि गाउँगाउँमा सिंहदरबार पुगे पनि मनाङको विकट मानिने नार्पाभूमि गाउँपालिकामा भने सडकसम्म पुग्न सकेको छैन ।
नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।
नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारलाई प्रभावकारी बनाउने माग गर्दै २४ बुँदै ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ ।
पातारासी गाउँपालिका-४ का घरधुरीमा महिलाहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको छ ।
नेपाली कांग्रेसले नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ कार्यसमितिमा ७९ सदस्य थप गरेको छ ।
सोमबार देशभरका सिनेमा घरहरू बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।
एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७९’ लाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिले सहप्रायोजन गर्ने भएको छ ।
नवजात शिशु बिरामी भएर अस्पतालको सघन उपचार कक्ष (एनआइसियु) मा भर्ना गर्नुपरेमा लगभग ४८ हजार खर्च हुने एक अध्ययन देखाएको छ ।