• १३ असोज २०८१, आइतबार

स्पोर्ट्स अवार्डसँग जोडियो केल्मी

blog

सहप्रायोजन सम्बन्धी सम्झौता गरिँदै ।

काठमाडौँ, माघ २२ गते । ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७९’ लाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिले सहप्रायोजन गर्ने भएको छ ।

यही माघ २८ गते हुने अवार्डको सहप्रायोजन सम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले  हस्ताक्षर गर्नुभएको छ । 

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष र महिला तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । अन्य विधाको मनोनयन छिट्टै हुने बताइएको छ ।