सर्वोच्च अदालतले संसद् विकास कोष ब्युँताउन दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन आदेश गरेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ बराहटाकुरामा ‘रोजगार बैङ्क र अक्षय कोष स्थापना’ गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीबारदेखि सुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।
डडेलधुराको पर्शुराम नगरपालिका-११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्नुहुन्छ । घरमा विष्टले किरानाको पसल सञ्चालन गर्नुभएको छ ।
नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।
जलवायु परिवर्तन तथा वर्षौँको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ ।
१२२ औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तरक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।
एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।
सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराउनुभएको हो।
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि पहल सुरु गरिएको छ । जिल्लामा रहेको १५ स्थानीय तहहरूमध्ये बलवा नगरपालिका र सम्सी गाउँपालिका मात्रै पूर्ण खोप पालिका घोषणा हुन बाँकी छ ।
प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।