• १० पुस २०८१, बुधबार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

blog

प्रतिनिधि सभा बैठक ।

काठमाडौं, माघ २४ गते। प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सम्पति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ।

सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो।

प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।