ठेक्का लागेको २२ महिना बितिसक्दा पनि सर्लाहीको मदनपुर–गुलेरिया सिँचाइ आयोजनाको काम अगाडि बढ्न सकेको छैन । कविलासी नगरपालिकास्थित ढङ्ग्रा खोलाबाट बाँध कसेर किसानको खेतमा पानी पु¥याउने उद्देश्यले २०७८ साल चैत २१ गते ठेक्का लागेको यस आयोजनाको काम अहिलेसम्म अगाडि बढ्न नसकेको हो । मुआब्जाको विवादका कारण सम्झौता अवधि सकिन दुई महिना बाँकी रहँदा आयोजनाको काम भने कत्ति पनि हुन नसकेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरीको अधिकार क्षेत्रप्रति प्रतिबद्ध भएर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी प्रमुख जिम्मेवारी पाएपछि पहिलो पटक ताप्लेजुङ आउनुभएका प्रहरी नायव महानिरीक्षक खापुङले स्थानीय पत्रकारसँगको भेटमा प्रहरीको जिम्मेवारी अनुसारको अधिकारलाई इमानदारीका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रुपन्देही जिल्लामा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लामा एक लाख २० हजार अव्यवस्थित र सुकुमवासी परिवार रहेको जनाएको छ । भूमि आयोग रुपन्देहीले जिल्लामा जग्गा नापजाँचको काम गर्दै आएको र त्यसक्रममा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको जनाएको हो । आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जिल्लाका केही पालिकामा सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिब पाँच हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो ।
सर्लाहीका कैदीबन्दी र थुनुवालाई सदरमुकाम मलङ्गवास्थित कारागारमा नै राख्न थालिएको छ । माघ ७ गते उद्घाटन भएको कारागारमा अहिले दुई महिलासहित ६० जनालाई राखिएको निमित्त जेलर मनोजकुमार मिश्रले जानकारी दिनुभयो । ६० जनामध्ये अदालतबाट मुद्दाको अन्तिम फैसला आउन बाँकी भई पुर्पक्षमा रहेको २७ जना थुनुवा र सजाय निर्धारण भइसकेका ३३ जना कैदीबन्दी रहेका कारागार कार्यालय मलङ्गवाले जनाएको छ । कार्यालय उद्घाटन हुनुअघि
क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । अझै पनि हाम्रा पाइला उल्टोे दिशातर्फ उन्मुख छन् । देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ ।
कबुलियती वनले स्थानीयवासीलाई आम्दानीसँगै पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको निस्दीस्थित काउलेडाँडाको २५० हेक्टर क्षेत्रफलमा लगाइएको कबुलियती वनले स्थानीय बासिन्दालाई आम्दानी दिएको छ भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हो । यहाँको वनभित्र लगाइएको अम्रिसोबाट स्थानीय बासिन्दाले वार्षिक तीन करोड रुपियाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । स्थानीय बासिन्दाले खोरियाका रूपमा प्रयोग गरेको नाङ्गो डाँडा १० वर्षअघि कबुलियती वन बनाएर नेपाल सरकारले ४० वर्षका लागि हस्तान्तरण गरेपछि यसले आम्दानी दिन थालेको स्थानीय बासिन्दा दमन पाटामगरले बताउनुभयो ।
जिल्लाकै दुर्गम गाउँमा पर्ने नेप्का गाउँका घरको स्वरूप नै फेरिएको छ । त्यहाँका माटाका छाना विस्थापित भएका छन् । स्थानीयको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको जडीबुटीको कारण दुर्गमको नेप्का गाउँको स्वरूप नै फेरिएको हो । चङ्खेली गाउँपालिका–५ को नेप्का गाउँकी स्थानीय जानकी तामाङले सिङ्गो गाउँमा रहेका पुस्तौँ पुराना माटाको छाना विस्थापित भएको बताउनुभयो । उहाँले जडीबुटीका कारण स्थानीयको आम्दानीको स्रोतमा वृद्धि भएपछि सबैले आफ्ना घरको माटाका छाना हटाएर जस्तापाता छाएको जानकारी दिनुभयो ।
निर्माणाधीन भेरी कोरिडोर अन्तर्गतका सडक निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढाउन समस्या भएको हो । कोरिडोर अन्तर्गतका विभिन्न खण्डमा सडक स्तरोन्नतिका काम भइरहेका छन् । दु्रत गतिमा काम अगाडि बढिरहेको भए पनि छिन्चु–जाजरकोट सडक स्तरोन्नतिका लागि बजेट अभाव भएको हो ।
मध्यकालीन आँधीखोलाको सभ्यताभित्र भिरकोट राज्यको स्थापना १४७५ सालदेखि १५०० सालबिचमा भएको मानिन्छ । स्याङ्जाको इतिहासमा नुवाकोट, सतौंकोट, गह्रौँकोट र भिरकोटलाई प्राचीन ऐतिहासिक किल्ला र कोट मानिएको छ । भिरकोट शीतल हावा चल्ने ठाउँमा घर, मन्दिर निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरूले राज्य चलाएको पाइन्छ । चर्चित आँधीखोला यस नगरपालिकाको बिचबाट बहन्छ । २०७९ सालको स्थानीय तहको चुनावमा नगरपालिकाको प्रमुखमा गोविन्दकुमार कर्माचार्य निर्वाचित हुनुभएको हो । नगर प्रमुख कर्माचार्यसँग गोरखापत्रका पत्रकार राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।
स्थानीय तहलाई राजस्व उठाउन सकस परेको छ । पालिकाहरूले अघिल्ला वर्षमा उठाउँदै आएका कर पनि उठाउन सकेका छैनन् । टीकापुर नगरपालिकाले कर्णाली नदीमा चल्ने डुङ्गा, र्याफ्टिङबाट राजस्व उठाउन सकेको छैन भने नगरपालिकाका भवनको भाडा उठाउन सकेको छैन । यसले ठेकेदार र नगरपालिकाको सम्पत्ति उपभोग गर्नेलाई फाइदा भएको छ ।
खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उहाँको घरको रेखदेख गर्ने कोही छैनन् । उहाँका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् । गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने भएकाले यसरी पलायन हुनु परेको स्थानीयको भनाइ छ ।
विश्वका अधिकांश मुलुकको आर्थिक परिदृश्य आशातीत सन्तोषजनक नदेखिएको अवस्थामा नेपाली अर्थतन्त्र धराशायी हुने मनोगत आर्थिक विश्लेषणका कारण सरकारले अनेक दबाब झेल्दै आएको थियो । यसबिचमा खस्कँदो अर्थतन्त्रलाई उकास्न सरकारले गरेको आर्थिक क्षेत्रको सुधार, नीति नियममा संशोधन एवं केन्द्रीय बैङ्कले अवलम्बन गरेको लचिलो मौद्रिक नीतिका कारण आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशाउन्मुख भएका छन् । खास गरी अर्थतन्त्रका बाह्य क्षेत्रमा राम्रो सुधार भएको छ । कतिपय प्रतिकूल अवस्थामा पनि अर्थतन्त्रका धेरै परिसूचक सकारात्मक देखिनुले मुलुकको समृद्धि यात्राको आधार निर्मा