नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।
मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा भीमफेदी–६ तारगाँउकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेल जल्नुभएको थियो ।
पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण गर्न आगामी पाँच वर्षभित्र बागमती प्रदेशका जोखिमयुक्त सडकमा सिसिटीभी क्यामरा जडान गर्ने बताउनुभएको छ ।
बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिनुभयो ।
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिनुभयो ।
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरमा स्कुल बसको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र आवश्यक निर्देशन समेत दिनुभएको छ।
काठमाडौँ महानगरपालिकामा सुधारसहितको पार्किङको व्यवस्थापनका लागि सरोकारवालाले माग गरेका छन् । महानगरभित्र कुनै पनि स्थानमा व्यवस्थित पार्किङ स्थान वा भवनको विकास भई नसकेको भन्दै सार्वजनिक स्थानमा रहेका पार्किङहरू पूर्ण रूपमा हटाउँदा अव्यवहारिक र असान्दर्भिक भएको उनीहरूको भनाइ छ ।
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–४ स्थित जिल्लाकै एक मात्र संस्कृत माध्यमिक विद्यालय हिलेपानीमा बन्द भएको दुई दशकभन्दापछि पुनः संस्कृत भाषा पठनपाठन गरिनुपर्ने माग अभिभावकले गरेका छन् ।
प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु प¥यो । क
नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।
अरनिको राजमार्ग कालोपत्रेसहित स्तरोन्नति अन्तर्गत धुलिखेल–खावा सडकखण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिने प्रक्रिया अघि बढाइएको छ । धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सन्तोषजनक रूपमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो ।