कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले राष्ट्रिय खोप अभियान थालेको छ । सो अभियान अन्तर्गत एक लाख बढी बाख्रालाई खोप लगाइएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।
नेपाल भारत सीमा नाकामा रहेको नेपालगन्ज सहर र सो वरिपरिका ठाउँमा बसोबास गर्ने अधिकांश विद्यालयले सीमा पारी रुपैडिहाबाट विद्यालय पोसाक खरिद गराउने गरेकोमा नेपालगन्जका गार्मेन्ट व्यवसायीले विरोध गरेका छन्।
नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन भएको बताउनुभएको छ।
सडक दुर्घटनाको आपत्कालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम सञ्चालन गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि समुदायको भूमिका पनि महत्त्वपूर्ण हुने भएको कारण कार्यक्रम सञ्चालन गरिएको हो ।
चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ ।
गोरखापत्रकर्मी ध्रुवकुमार सिंहलाई मातृशोक परेको छ । गोरखापत्र संस्थानको कम्प्युटर शाखाका वरिष्ठ कम्प्युटर अपरेटर सिंहकी आमा ८३ वर्षीया सीतादेवी सिंहको बिहीबार बिहान निधन भएको हो ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँच जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।