काठमाडौं, माघ २५ गते । गोरखापत्रकर्मी ध्रुवकुमार सिंहलाई मातृशोक परेको छ । गोरखापत्र संस्थानको कम्प्युटर शाखाका वरिष्ठ कम्प्युटर अपरेटर सिंहकी आमा ८३ वर्षीया सीतादेवी सिंहको बिहीबार बिहान निधन भएको हो ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित कोइलाडी गाउँको निजी निवासमा सिंहको बिहीबार बिहानको राति २ बजे निधन भएको हो । दुई वर्षदेखि मुटुसँग सम्बन्धी समस्या भएर औषधी खाँदै आउनु भएका सिंहलाई राति स्वास्थ्यमा अचानक समस्या भएको थियो । स्वास्थ्यमा समस्या भएको थाहा पाएर उपचारको तयारी गर्दागर्दै निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको अन्तिम संस्कार कोइलाडीमा रहेको जिरिया पोखरी नजिकै आफ्नै जमिनमा भएको छ ।
स्वर्गीय सीतादेवीका श्रीमान् सुरेन्द्र नारायण सिंह र दुई छोरा (दिलीपकुमार र ध्रुवकुमार) हुनुहुन्छ । उहाँको जेठो छोरा दिलीपकुमार सिंह नापी अधिकृत हुनुहुन्छ ।