• २ साउन २०८१, बुधबार

कृषक समूहलाई मिनी टेलर

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन २ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा मङ्गलबार कृषक समूहलाई एक थान मिटी टेलर मेसिन (हलो) सहयोग गरिएको छ ।  ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले समुन्नति परियोजना अन्तर्गत बरमबाबा कृषक समूहलाई मिनी टेलर सहयोग गरेको हो । समूहलाई एक लाख ८० हजार रुपियाँ बराबरको मेसिन प्रदान गरिएको ग्रामीण नारी उत्थान सङ्घका सचिव सूर्य चालिसेले जानकारी दिनुभयो । 

उहाँका अनुसार व्यावसायिक रूपमा तरकारी तथा अन्य बाली लगाउने समूहमा आबद्ध कृषकलाई खनजोतमा सहयोग पुगोस् भनी मिनी टेलर प्रदान गरिएको हो । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेले ईश्वरपुर नगरपालिका–७ का वडाध्यक्ष नाथुराम चौधरीको प्रमुख आतिथ्यमा कृषकलाई मिनी टेल हस्तान्तरण गर्नुभयो । संस्थाले ईश्वरपुरमा अन्य कृषक समूहलाई पनि यस प्रकारको कृषि मेसिन तथा औजार, उपकरण सहयोग गर्दै आइरहेको समुन्नति परियोजना संयोजक दीपक भण्डारीले बताउनुभयो ।