• २ साउन २०८१, बुधबार

पाठ्यक्रम नयाँ, विधि पुरानै

blog

पाठ्यक्रम ढाँचा, २०७६ (संशोधनसहित, २०७८) विद्यालय तहमा पूर्ण कार्यान्वयनमा छ । यस पाठ्यव्रmमले अघिल्ला पाठ्यक्रमभन्दा फरक मूल्याङ्कन नीति अवलम्बन गरेको छ । अर्थात् कक्षा १–३, ४–८ र ९–१२ लाई तीन फरक तहमा विभाजन गरी मूल्याङ्कनका विभिन्न विधि अपनाइएका छन् । 

कक्षा १ देखि तीनसम्मको पाठ्यक्रम एकीकृत पाठ्यक्रम प्रणालीमा आधारित छ, जुन दुई वा दुईभन्दा बढी विषयको संयोजन गरी एक अर्को विषयबिचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने-सिकाउने अवसर प्रदान गर्ने गरी तयार पारिएको पाठ्यव्रmम हो । अर्थात् दुई वा दुईभन्दा बढी विषयका उद्देश्यसँगै मिलाएर सिकाउन सकिने गरी निर्माण गरिएको पाठ्यक्रम नै एकीकृत पाठ्यक्रम हो ।

यस पाठ्यव्रmम अनुसार, कक्षा १–३ को मूल्याङ्कन शतप्रतिशत आन्तरिक मूल्याङ्कन प्रणालीमा आधारित छ । बालबालिकाले पाठ्यक्रमद्वारा तोकिएको विषयवस्तुमा दक्षता हासिल गरे नगरेको सिकाइ उपलब्धि गणनामार्फत मूल्याङ्कन गरिन्छ । निर्धारित सिकाइ उपलब्धि हासिल गर्न नसके उपचारात्मक विधिमार्फत पुनः दक्षता हासिल गराउने लक्ष्य लिइएको छ । सिकाइ उपलब्धि गणना एक मात्र मूल्याङ्कनको त्यस्तो औजार हो, जसले बालबालिकाले पूर्वनिर्धारित शैक्षिक उपलब्धिहरू हासिल गरे वा गरेनन् भनी मापन गर्छ । यो पाठ्यक्रमले निर्णयात्मक मूल्याङ्कनभन्दा निर्माणात्मक मूल्याङ्कनलाई बढी जोड दिएको छ । अर्को शब्दमा, पेन्सिल परीक्षणलाई यस पाठ्यक्रमले पूर्ण रूपमा निषेध गरेको छ ।

कक्षा ४ देखि ८ सम्म अध्ययनरत बालबालिकाका लागि आन्तरिक र बाह्य दुवै प्रकारको मूल्याङ्कन प्रणाली अवलम्बन गरिएको छ, जसका लागि ५०-५० प्रतिशत अङ्क छुट्याइएको छ । पहिलो पटक आन्तरिक मूल्याङ्कनमा प्रयोगात्मक परीक्षाको अलावा परियोजना कार्य र सहभागितालाई समेत समावेश गरिएको छ, जसका लागि क्रमशः ३६ र ४ अङ्क छुट्याइएको छ । मूल्याङ्कन प्रणालीमा पहिलो पटक समावेश गरिएको ‘सहभागिता’ शीर्षक अन्तर्गत कक्षाकोठामा हुने विद्यार्थीको सहभागिता र दैनिक उपस्थितिलाई आधार बनाइएको छ । यो पाठ्यक्रमले बालबालिकालाई कक्षाकोठामा नियमित र सव्रिmय सहभागी हुन र खोज अनुसन्धान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । तसर्थ, यो पाठ्यव्रmम प्रविधि र खोज अनुसन्धानमा आधारित र अघिल्लो पाठ्यक्रमभन्दा अझ परिष्कृत छ । प्रथम र दोस्रो त्रैमासिक परीक्षाको अङ्क पनि आन्तरिक मूल्याङ्कनमा समावेश गरिएकाले लगनशील विद्यार्थीका लागि यी परीक्षाले निकै महìव राख्छ । यी परीक्षामा प्राप्त अङ्क पनि मूल परीक्षाको अङ्कसँग जोडिने हुँदा बालबालिका पढाइ लेखाइमा थप क्रियाशील हुने विश्वास यो पाठ्यक्रमले लिएको छ । यद्यपि कक्षा ९–१२ को बाह्य तथा आन्तरिक मूल्याङ्कनका लागि क्रमशः ७५ र २५ प्रतिशत अङ्कभार छुट्याइएको छ । विद्यार्थीलाई तल्लो कक्षादेखि नै खोज अनुसन्धान गर्न, सिर्जनशील बनाउन र अन्य गतिविधिमा सक्रिय सहभागिता जनाउने लक्ष्य राखेकाले अघिल्ला पाठ्यक्रमभन्दा यो पाठ्यक्रम उत्कृष्ट मानिएको छ । 

यद्यपि शिक्षामा बढ्दो व्यापारीकरण र अस्वस्थ प्रतिस्पर्धाका कारण पाठ्यक्रम कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । विद्यालयको आर्थिक अवस्था, समय सापेक्ष परिमार्जन हुन नचाहने शिक्षक, नियमनकारी निकायको कमजोर अनुगमनकारी भूमिका आदि कारणले आन्तरिक मूल्याङ्कन प्रभावहीन हुन सक्ने चिन्ता त्यतिकै छ । आन्तरिक मूल्याङ्कनका लागि छुट्याइएको ५० अङ्कभारमध्ये ३६ अङ्क परियोजना कार्य र प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको छ । यद्यपि शिक्षकले विद्यार्थीलाई परियोजना कार्य गर्न प्रोत्साहन नगरी त्यतिकै अङ्क दिने प्रवृत्तिले पाठ्यक्रमले तोकेको उद्देश्य पूरा हुँदैन । 

खास गरी कक्षा १–३ को पाठ्यव्रmमले निर्देशित मूल्याङ्कन प्रणालीलाई कुनै पनि विद्यालयले अनुसरण गरेको पाइँदैन । परीक्षा शब्दले बालमनोविज्ञानमा नकारात्मक असर पार्ने कुरालाई ध्यान दिँदै यो पाठ्यव्रmमले कक्षा १–३ मा अध्ययन गर्ने बालबालिकाका लागि एकीकृत पाठ्यक्रमको विकास गरी परीक्षा नलिई सुधारात्मक शिक्षण पद्धतिलाई जोड दिएको छ । यद्यपि पाठ्यक्रमले निर्धारण गरेको विषयगत सिकाइ उपलब्धि बालबालिकाले प्राप्त गरे कि गरेनन् भनी सिकाइ उपलब्धि गणना गर्ने र निर्धारित सक्षमता हासिल नगरेको भए पुनः उपचारात्मक विधि अन्तर्गत बालबालिकामा सक्षमता हासिल गराउने पाठ्यक्रमको निर्दिष्ट कार्यलाई अधिकांश विद्यालयले अनुसरण गरेको पाइँदैन । कक्षा १–३ सम्मका बालबालिकाको परीक्षा नलिन पाठ्यक्रमले निर्दिष्ट गर्दागर्दै पनि हरेक विद्यालयले यसलाई बेवास्ता गर्दै परीक्षा लिने गरेका छन् । बालबालिकाले सिकाइसँगै विषयगत दक्षता हासिल गरे कि गरेनन् भनेर दैनिक रूपमा सिकाइ उपलब्धि गणना गरी अभिलेखीकरण गर्नुपर्नेमा यो व्यवस्थाको धज्जी उडाउँदै हरेक शैक्षिक सत्रको अन्त्यमा हरेक विद्यालयले मिथ्या तथ्याङ्क खडा गरी अभिलेखीकरण गर्ने गरेका छन् । 

यसअघि पनि प्राथमिक शिक्षाको गुणात्मक पक्षको विकास गर्न र प्राथमिक शिक्षा पुरा नगरी बिचैमा विद्यालय छाड्ने विद्यार्थी सङ्ख्या घटाउन आवधिक लिखित परीक्षा प्रणाली बाधक भएको महसुस गरी नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले नवौँ पञ्चवर्षीय योजनादेखि प्राथमिक तहका कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि परीक्षणका रूपमा निरन्तर मूल्याङ्कन प्रणालीको सुरुवात गरेको थियो । 

निरन्तर मूल्याङ्कन कक्षा शिक्षणको क्रममा पाठ्यक्रमको उद्देश्य अनुरूप शैक्षणिक उद्देश्य परिपूर्तिका लागि गरिने मूल्याङ्कन हो । विद्यालयमा उपलब्ध समयावधिमा सिकारुका संज्ञानात्मक, प्रवृत्तिजन्य र मनोव्रिmयात्मक पक्षमा आधारित क्षमतालाई व्यवस्थित अभिलेख राख्ने उपकरणका रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई लिइएको थियो । संज्ञानमा आधारित सक्षमताको परीक्षण अन्तर्गत ज्ञान र बोध, प्रवृत्तिजन्य सक्षमतामा बालबालिकाको प्रवृत्ति, रुचि, चाहना, व्यक्तित्वसम्बन्धी अन्य विशेषता र शरीरका अङ्गहरूको चालसम्बन्धी क्षमता मनोव्रिmयात्मक परीक्षण अन्तर्गत पर्छन् । तसर्थ निरन्तर विद्यार्थी मूल्याङ्कनले सिकारुको सोचाइ प्रव्रिmयाको विकासको परीक्षण मात्र नगरी विभिन्न पक्षको परीक्षण गर्ने गर्छ । वास्तवमा शिक्षाको गुणात्मक विकासका लागि निरन्तर मूल्याङ्कन आवश्यक पर्छ । हाम्रो देशमा प्राथमिक शिक्षाको गुणात्मक पक्ष सन्तोषजनक हुन नसकेकाले तथा यसको प्रत्यक्ष असर माथिल्लो कक्षाको नतिजामा समेत पर्ने भएकाले प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली लागु गर्ने प्रयास भएको पाइन्छ । मूल्याङ्कन प्रणाली लागु गर्नाले विद्यालयमा भर्ना भएका बालबालिका असफल हुने, कक्षा दोहोर्याउने र बिचैमा विद्यालय छाड्ने प्रवृत्ति घटाउँदै शिक्षाको गुणात्मक विकास गर्न सहयोग पुग्छ ।       

पहिले पनि निरन्तर मूल्याङ्कन गरी सुधारात्मक शिक्षण विधिको प्रयोग गरेर कमजोर बालबालिकालाई तोकिएको क्षमता हासिल गर्ने गराउने लक्ष्य राखिएको थियो तर त्यसलाई पूर्ण रूपमा बेवास्ता गरियो । बालबालिकामा क्षमता हासिल गराई कक्षा चढाउने नीति अवलम्बन गर्नुको सट्टा शैक्षिक सत्रको अन्त्यमा मिथ्या मूल्याङ्कन फारम भरी अभिलेखीकरण गर्ने कार्य गरी यो कार्यक्रमलाई नै असफल बनाइयो । नपढाइ कक्षा चढाउनुपर्ने भन्दै शिक्षकहरूबाटै निरन्तर मूल्याङ्कन प्रणालीप्रति नकारात्मक भाष्य निर्माण गर्ने काम भयो ।

अहिले आएर पनि यस्तै प्रवृत्ति दोहोरिन थालेको छ । दैनिक कक्षा शिक्षणसँगै बालबालिकाले के कति सिकाइ उपलब्धि हासिल गरे सोकोे गणना गरी बालबालिकाले निर्धारित सिकाइ उपलब्धि हासिल गर्न नसके वा बालबालिका कमजोर भए पुनः उपचारात्मक विधि प्रयोग गरी क्षमता हासिल गराउने कार्य गर्नुपर्नेमा शिक्षकहरूबाट पुरानै शिक्षण विधिको प्रयोग हुँदै आएको छ । यसबाट के स्पष्ट हुन्छ भने शिक्षक र विद्यालय आफैँ पाठ्यव्रmम कार्यान्वयनका लागि बाधक बनेका छन् । नियामक निकायले समयमै पाठ्यव्रmम कार्यान्वयनको अनुगमन नगरे, शिक्षक–विद्यालय यस विषयमा जिम्मेवार नबने यस पाठ्यव्रmमले पनि अघिल्लो पाठ्यव्रmमको जस्तै नियति भोग्नु पर्ने छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

Author

चिन्तामणि रिजाल