कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।
“तरकारी खेतीमा राम्रो सम्भावना छ । परिश्रम गरे माटोमै सुन फलाउन सकिन्छ । पैसा कमाउन विदेश जानु पर्दैन । यही पेसाबाट परिवारमा खुसी मिलेको छ” बेनी नगरपालिका –४ सिंगाका ५९ वर्षीय तेजबहादुर बानियाँले भन्नुभयो ।
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६ औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय १८ दिनपछि खुलेको छ । सर्वदलीय बैठकबाट ४ बुँदै सहमतिमा ताला खोलिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गर्नुभएको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।
पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो।
मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा फैलिएको भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा पहिलो पटक चिकित्सकसहितको टोली पुगेको छ ।
पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ।
चितवनको राप्ती नगरपालिका–१३ गुन्दीस्थित भण्डारा–मलेखु चेपाङ मार्गमा रहेको सानो झरना । प्रचारप्रसारको अभावमा यस क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु ओझेलमा परेका छन् ।
सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरूलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरूको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरू मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो ।
कपिलवस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।