पूर्वी नवलपरासीमा घडियाल काव्य उत्सव हुने भएको छ । दुर्लभ घडियाल गोही संरक्षणसँगै नवलपुरको पर्यटन प्रवर्द्धनका लागि नवलपुरको देवचुलीमा घडियाल काव्य उत्सव तेस्रो संस्करण २०८० हुन लागेको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला पर्नुभएको हो ।
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि प्लाजा होटल्स ग्रुपले सहप्रायोजन गर्ने भएको छ ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भएपनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।
धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो ।
गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् ।
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफूहरूको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।
नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (युएई) को अन्तर्राष्ट्रिय आइएल टी–२० खेल्नुहुने भएको छ । दीपेन्द्रलाई फ्रेन्चाइज क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाले छोटो अवधिमा उल्लेख्य काम गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा गल्याङले छोटो अवधिमा राम्रो सुधार गरेको देखिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ ।बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।