आर्थिक विकासका लागि बजार अत्यन्त महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दिगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ । त्यसैले आन्तरिक रूपमा उत्पादित वस्तु र सेवालाई आन्तरिक बजारको माग अनुसार सम्बन्धित स्थानमा पु¥याउने हो भने मुलुक आत्मनिर्भरको बाटोमा अगाडि बढ्ने वातावरण बलियो बन्छ । दिगो र विश्वासिलो आन्तरिक बजार व्यवस्थापनले अन्तर्राष्ट्रिय बजारमा पनि विश्वास र पहुँच बढ्दै जान्छ ।
साधारणतया पानीले भिजेको वा पानी भएको जमिनलाई सिमसार भन्ने गरिन्छ । भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी, जमेको वा वगेको, स्वच्छ अथवा नुनिलो पानी भएको धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषि भूमिसमेतलाई सिमसारको रूपमा परिभाषित गरिएको छ ।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताउनुभयो ।
विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतमा आउँदो मेमा लोक सभाका लागि आमनिर्वाचन हुँदै छ । आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी कङ्ग्रेस (आई) सहितको २८ दलीय ‘इन्डिया’ गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने छ । भाजपा तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा चुनावी मैदानमा उत्रने भएको छ । दुई कार्यकालको सफलताले मोदीलाई तेस्रो कार्यकाल सहज हुने देखिएको छ । मोदीसँग प्रतिस्पर्धा गर्न क
सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाउनु भएको छ । गाउँका स्थानीयको वर्षौँदेखि गाडी गुडाउने सपना यति बेला आएर पुरा भएपछि बाजाघाझा सहित खुसीयाली मनाउन कार्य भएको हो ।
पछिल्लो समय अनैतिक र असामाजिक घटनामा वृद्धि भएका समाचार आइरहेका छन् । आमजनमानसमा यसको कारण नैतिक शिक्षाको अभाव हो भन्ने रहेको देखिन्छ । यसैले संस्कृत भाषा सिकाउने अथवा नैतिक विषय पढाउने भन्ने विषयमा बहस हुन थालेको छ । शिक्षासँग सम्बद्ध र असम्बद्ध व्यक्तिहरू पनि बढ्दै गरेका अनैतिक र असामाजिक घटनाको नियन्त्रणको अचुक औषधी नैतिक शिक्षा विषयको पठनपाठन नै हो भन्ने निष्कर्षमा पुगेको देखिन्छ । यसैले विद्यालय तहमा संस्कृत भाषा अथवा नैतिक शिक्षा सिकाउनु अपरिहार्य हो भनेर नैतिक शिक्षाका पाठ्यपुस्तकहरू पठनपाठन गराउने व्रmम पनि बढ्न थालेको छ ।
भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट ९ओटिएम० मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले भाग लिएको हो । उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बालकृष्ण समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित ‘सम्झनामा बालकृष्ण सम’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावक मात्र नभई बहुआयामिक व्यक्तित्व हो ।”
नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जन्मजयन्तीको अवसरमा देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यसै अवसरमा सांस्कृतिक संस्था जमलले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर समको जन्मजयन्ती मनाइएको छ । सांस्कृतिक संस्थानमा विभिन्न विधामा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो आफ्नो विधामा प्रस्तुति दिएका छन् ।
दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ४ भेड्पुमा रहेको प्राचीन तथा ऐतिहासिक भेड्पु पोखरीको संरक्षणको पर्खाइमा रहेको छ ।
चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ । अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्गे आम्दानी गर्दै आएका छन् । यस वर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषकले ३० करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका छन् । खेती विस्तार भएकाले गत वर्षभन्दा चार करोड रुपियाँभन्दा बढीको सुन्ताला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार ६८७ हेक्टरमा खेती गरिएकामा नौ हजार ८०६ मेट्रिक टन सुन्तला उत्पादन गरी २६ करोड आम्दानी भएको थियो । यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानी वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ ।
स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले स्टार्टअप कर्जा दिने भएको छ ।