चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।
नेपाली साङ्गीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ गीत ‘हेर’ ल्याउने भएको छ । गीतमा समावेश अधिकांश गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहको शब्द र सङ्गीत रहने छ । ‘हेर’ कर्मा ब्यान्डको छैटौँ गीतिएल्बम हो । ‘हाम्रा गीत युवादेखि पाका उमेरसम्मका दर्शकले मन पराउने गर्नुभएको छ,” ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भन्नुभयो, “अमेरिकामा केन्द्रित भएर साङ्गीतिक गतिविधि गरिरहे पनि हामीले आफ्नो नयाँ गीतिएल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । दर्शकमाझ पुग्न यस पटक कर्मा ब्यान्डले नयाँ गीतिएल्बम सार्वजनिक गर्दै छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।
देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड रुपियाँभन्दा बढीको तरकारी निकासी भएको छ । तरकारी व्यापारको हब बन्दै आएको लालबन्दीको कृषि थोक बजार व्यवस्थापन समितिको आँकडा अनुसार गएको साउनदेखि पुससम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो । यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खुर्सानी, परबल, झिँगनी, घिरौँलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालय रहेको भवनमा झन्डै डेढ घण्टा बयान लिएको हो । २०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर नौ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिनुभयो । कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपियाँको लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।
भेरी करिडोरको बिचमा रहेको वनगाड कुपिण्डे नगरपालिका३ सल्यानस्थित भेरीको किनारमा अवस्थित गाडागाउँ ।परम्परागत घरले यहाँको पहिचान फरक बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाकको संरचना परिवर्तन गर्दै एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ गर्नेभएको छ । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिको मर्यादाक्रम कम्तीमा राज्यमन्त्री सरहको हुनुपर्नेमा जोड दिएका छन् ।