ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
वीरेन्द्र नगरस्थित नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाइएको छ
नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ ।
सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र संस्थागत बनाउन सकिन्छ ।
फेदीखोला गाउँपालिकाले नागरिकको सरल र सहज स्वास्थ्य पहुँचको लागि टोल–टोलमा ल्याब सेवा ल्याएको छ ।
बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन ।
भू-माफियाले आफ्नो नाममा बनाएको शवदहन स्थलकोे सार्वजनिक जग्गा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक नै कायम गर्ने निर्णय गरेको छ ।
हाँसका लोपोन्मुख प्रजाति चीनकाे प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।
स्पेनमा किसानहरुको विरोध प्रदर्शनी जारी छ । हजारौं किसानले ट्याक्टरकाे प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।
भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । सन् २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको हो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले देशको दिगो विकासका लागि उद्यमशीलता आवश्यक भएको बताउनुभएको छ ।
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।