सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ का लागि चार विधाको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ ।
छाडा चौपायाबाट कैलालीका किसान हैरान बनेका छन् । स्थानीय तहहरुले छाडा गाइगोरुको व्यवस्थापन गर्न नसक्दा किसान हैरान बनेका हुन ।
साहित्यकार अमरराज नेम्वाङको स्मृतिमा स्थापना भएको स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान स्रष्टा द्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद सुरु गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमले ज्येष्ठ नागरिकमा उत्साह छाएको छ ।
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको छ।
सरकारले लगानीको लागि स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीले बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गर्नुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ ।
पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गर्नुभएको हो ।