बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो ।
अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।
खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार संगठनले कारवाहीको माग गरेका छन् ।
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताउनुभएको छ ।
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
धनुषाको उत्तरी क्षेत्रमा पानीको स्रोतहरु सुक्न थालेका छन् । सामान्यतयाः चैत वैशाखा महिनामा देखिने यस्तो समस्या यो पटक माघमै देखिन थालिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका –१ साविकको रामीडाडाँ गाउँविकास समिति वडा २ को बोहोरा परिवार पाँच पुस्तादेखि सगोलमा बस्दै आएको भेटिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
चुरे दोहनका साथै जिल्लाका विभिन्न नदी, खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको कार्य हुँदै आएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभएको छ ।
चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताउनुभयो ।