जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।
म्याग्दीको पश्चिम दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्रदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाले स्थानीय सेवाग्राहीलाई आयेडिनयुक्त नुन निःशुल्क वितरण गरेको छ । आयोडिनयुक्त नुनको सही रुपमा प्रयोग गर्न र यसका फाइदाबारे जानकारी गराउँदै सहभागीलाई एक– एक पोका नुन प्रदान गरिएको हो ।
नेपालमा बुद्धिचाल महासङ्का पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा शनिबार एकदिने द्रुतगतिको खुला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो।
म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ ।
दुई दिनदेखि लगातार लागेको हावाहुरीले हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ।
विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय बाल संरक्षण सञ्जालको १२ औं साधारणसभा र सातौँ अधिवेशनले ज्ञान भक्त महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।