म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्नति सकिएको छ ।
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणामै सीमित रहेको छ । घोडाघोडी सिमसारको करिब छ हजार हेक्टर क्षेत्र समेटेर सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । नेपालको पहिलो चरा आरक्षका रूपमा सरकारले घोडाघोडीलाई चरा अभय आरण्य क्षेत्र बनाए पनि व्यवस्थापनको सवालमा केही पनि गर्न नसकेको जनाइएको छ ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
विसं २००७ को जनक्रान्तिपछि नेपालमा एक शताब्दीको एकतन्त्रीय राणातन्त्र समाप्त भई प्रजातन्त्र स्थापना भएको थियो । राजा त्रिभुवनले शाही घोषणामार्फत प्रजातन्त्र घोषणा गर्दै भनेका थिए, “अबको शासन व्यवस्था नेपाली जनताले निर्वाचित गरेको संविधान सभामार्फत गणतान्त्रिक संविधान निर्माण हुने छ ।” दस वर्षसम्म संविधान सभा निर्वाचन नभई एकैपल्ट २०१५ सालमा संसद्को निर्वाचन भयो । कांग्रेसले दुई तिहाई बहुमत ल्याई प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा
कोदारी राजमार्ग छोडेर डाक्लाङ, काङ्लाङ, लिस्तिमाई पुग्न १७ किलोमिटर कच्ची सडक पार गर्नु पर्छ । भोटेकोशी गाउँपालिका–१ को लिस्तिमाई, पाउगुम्बा, छगाम, बगाम, सेबुङ गाउँ नेपाल सरकारले घुम्नै पर्ने स्थलको रूपमा समेटेको छ ।
सहर धुवाँ, धुलो र दुर्गन्धले आक्रान्त छ । त्यसमाथि पनि हाम्रो काठमाडौँ उपत्यका त विश्वकै प्रदूषित सहरमध्येमा पर्दो रहेछ ! भनिन्छ– उपत्यकामा बसोबास गर्नेले दिनको दुई बट्टा चुरोट खाएजत्तिकै धुवाँ खान्छन् । एउटा चुरोटले मानिसको आयु ११ मिनेट घटाउँछ रे ! कारखानाबाट उत्पादित पत्रु खानाको त कुरै छोडौँ, यहाँ दैनिक किनेर खाइने ताजा तरकारी पनि विषमय छ । एकातिर दैनिक दुई बट्टा चुरोटको धूमपान ! अर्कातिर विषमय खानपान ! यो हिसाबले त यहाँ बस्नेको आयु कति नै हुने भयो र ! यस्तो सहरको तुलनामा गाउँ सम्झँदैमा पनि आनन्द लाग्छ । गाउँ आध्यात्मिक आनन्द प्राप्तिका लागि अत्युत्तम स्थल हो । त्यहाँको स्वच्छ वातावरणमा शरीरै चङ्गा हुन्छ । प्राचीन ऋषिमुनिहरू हिमाल, पहाड, जङ्गल र त्यतातिरका गुफामा ध्यानस्थ भई आनन्द लिन्थे । जीवनज्ञान प्राप्त गर्थे । सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसेर ध्यान गर्दा ज्ञान प्राप्त गरेको सर्वविदितै छ ।
गम्भीर भएर चिन्तन गर्दै जाने हो भने हामीले पुरुष र महिलाको संयुक्त, सामूहिक र परिवारिक रूपमा रहेका अत्यन्त रमाइला चित्र पाउन सक्छौँ । साँच्चै यो विश्व मानव समुदायको एउटा विशाल समाज हो । यो विशाल समाजभित्र पुरुष र महिलाको उच्च योगदान र त्यागका ज्वलन्त नमुना पाउन सक्छौँ । फलस्वरूप मानव समाजलाई अत्याधुनिक प्रविधिको युगसम्म पु¥याउन सफल पनि भएको छ । यो सफलतामा कसको मन पुलकित नहोला र !
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिलुको प्रवेशपत्र चेकजाँच भयो । अर्काे चरणमा उनले तीन वटा घोप्टो पारेर राखिएका गोटीबाट एउटा रोजिन् । लेखिएको थियो (३) तीन । यसको मतलब उनले तीन नम्बर लेखिएको रुख चढ्नु पथ्र्याे । कम्मरमा आफ्नै कुर्थाको सलले पटुका बाँधिन् । प्लास्टिकको चप्पल खोलिन् । माटोमा खुट्टा दलिन् र आफू चढ्ने रुखको टुप्पोलाई हेरिन् । रुखलाई ढोगिन् र पहिलो स्पर्र्श गरिन् । तल्लो बिन्दुलाई नियालिन्, जहाँ खोबिल्टो कुँदिएको थियो र त्यसमा आफ्नो पहिलो पाइला राखिन् ।
चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
आगामी फागुन ३ बाट पोखरामा साहित्य महोत्सव हुने भएको छ । बुकवर्म फाउन्डेसनले फेवाताल किनारको लेकसाइडमा आयोजना गर्ने सूर्य नेपाल गाथा नेपाल लिट्रेचर फेस्टिभलमा ५८ वटा सत्र रहने छन् । आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ११ औँ संस्करणको यो महोत्सव फागुन ७ सम्म चल्ने छ । महोत्सवमा दुई सयभन्दा बढी वक्ता रहने छन् ।
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरेको छ । झापामा पछिल्लो पटक कनकाई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिम सुरु गरेको हो । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने दक्ष व्यक्तिसमेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।