भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरूको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ ।
नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ ।
भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिमका बालबालिकामा कुपोषण देखापरेको छ । जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरिएको पोषण अवस्थाको लेखाजोखाको क्रममा बालबालिकाहरूमा कुपोषण देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ ।
इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ ।
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
सिमकोट गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको छ । गाउँपालिकाले करको दायरा विस्तार गरेसँगै त्यसलाई कार्यान्वयनमा ल्याउँदा आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।
मानवशास्त्रीहरू भन्छन्– मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ । अर्कोतिर समाजको सदस्यको नाताले मानिसले सिकेका ज्ञान, सिप, कला, रीतिरिवाज, मूल्य, मान्यता, विश्वास, परम्परा सबै संस्कृति हुन् । यसर्थ मानिसले सिकेका भाषा वा साहित्य संस्कृतिका शाखा हुन् । भाषामा विभिन्न सङ्केत हुने भएकाले भाषालाई साङ्केतिक÷प्रतीकात्मक संस्कृतिको शाखामा राखेर अध्ययन गर्न सकिन्छ । अर्कोतिर भाषा स्वयम् सङ्केत (इनकोड) हो । साहित्यमा खास गरी पद्यमा विभि
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
कुनै बेला तत्कालीन राजाको हुकुम प्रमाङ्गीबाट स्थापना भएको दोलखाको बिगु गाउँपालिका–१ स्थित उत्तरी दुर्गम गाउँको लुमनाङ प्राथमिक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट २०३१ सालमा स्थापना भएको सो विद्यालय सम्बन्धित निकायको खासै चासो नरहँदा पूर्ण रूपमा बन्द भएको स्थानीय ६६ वर्षीय दावाछिरी शेर्पाले बताउनुभयो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । सुख्यायामसँगै नदीमा पानीको बहाव कम हुन थालेपछि उत्पादन ३५ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
महोत्तरीको पहिलो तथा पुरानो नगरपालिकाको पहिचान जलेश्वरले बोकेको छ । जलमा विराजमान जलेश्वरनाथ महादेवको नामबाट यस नगरीको नामकरण गरिएको हो । जलेश्वर एक समय जनकपुर अञ्चलको सदरमुकाम तथा सर्लाही महोत्तरीको गोश्वारा
नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ । १३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंठो जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि भएको मतदान भएको थियो ।
पनौतीको बसपार्क मानेश्वरी पार्क नामले चिनिन्छ । मानेश्वरी मन्दिरकै बगलमा भएकोले पहिलेदेखि मानेश्वरी बसपार्क नाम रहन गएकोमा कुनै विवाद छैन तर यस देउतालाई मानेश्वर भन्ने कि मानेश्वरी, समान धारणा भने छैन तर पनि अधिकजसोले मानेश्वरी माई नै भन्छन् । मानेश्वरलाई श्वेत वराहका रूपमा पनि मानिन्छ । मानेश्वर अत्यन्त दयालु देशको रक्षक, अपूर्ण कामलाई पूर्ण गरिदिने साक्षात देवताको रूपमा पूजा गरिन्छ । त्यसैले पनि मानेश्वरको ना