बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । लमजुङ-मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे भएको हो ।
नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।
लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।
कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन ।
नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबिच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबिच हवाई सेवा सम्झौता भएको हो ।
सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ ।
बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले ट्राफिक सप्ताह’ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सप्ताह कार्यक्रम ग्रामीण क्षेत्रलाई लक्षित गरी बनाइएको प्रहरीले जनाएको छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।
बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ ।
तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारण सभाको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
रुपन्देहीको तिलोत्तमामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव जारी गरेको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ ।