नेपालभाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ ।
त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।
पृथ्वीराजमार्गको पोखरा-मुग्लिन विस्तार अन्तर्गत पूर्वी खण्डको काम तीव्र पारिएको छ । यस खण्डको दुईतर्फी गरी करिब २६ किलोमिटर कालोपत्रे भइसकेको छ ।
२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ ।
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले एक खेल अगावै जितेको हो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ ।
नेपालले क्यानडाविरुद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तामा बसेका पार्टीहरूले राम्रोसँग काम गर्न नसक्दा राजावादीहरू मौलाइरहेको बताउनुभएको छ ।
पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।
तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । भानु-२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ । दिउँसो २ बजे लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीका प्रहरी जवान दीपेन्द्र जोशीले बताउनुभयो ।
कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।
जिल्लाका सबै पालिकाबिच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्ला सभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको छ ।