सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ । दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ । साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
गाउँ नै रित्तो बनाएर अधिकांश अभिभावक आफ्ना बालबालिका पढाउन गाउँबाट सदरमुकामलगायतका सहर केन्द्रित भइरहेका छन् तर रामेछापको दुर्गम गाउँको डहु माध्यमिक विद्यालय भने सहरका विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।
काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ औँ स्थापना दिवस मनाइ रहेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश हरिप्रसाद प्रधान,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन । राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ताभन्दा बढी समय बितेको छ । वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका–७ का वडा सभापति वीरबहादुर केसीले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । पञ्चपुरी नगरपालिका–२ स्थित उक्त स्वास्थ्य केन्द्रमा शय्या थपेर स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको लगानीमा १५ शय्याको अस्पताललाई प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको हो । ५० शय्या थप्नेसँगै स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सुनाउनुभयो ।
आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
मुलुकको अर्थतन्त्रलाई लयमा राखेर चलायमान बनाउन सरकार सफल भएका कारण अर्थतन्त्रका परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । विप्रेषण आप्रवाहमा वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुधार र पर्यटक आगमनमा वृद्धि भएका कारण सरकारको कार्यशैलीमा उत्साह वृद्धि भएको अनुभव हुन्छ । यसै सन्दर्भमा सरकारले आगामी बजेटमा व्यापक परिमार्जन गरेर मुलुकको समृद्धितर्फको यात्रालाई अगाडि बढाउने भएको छ । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र वार्षिक बजेटका सम्बन्धमा परम्परागत ढर्राबाट माथि उठ्न नसकेको तथा सङ्घीयताको मर्मलाई आत्मसात् गर्दै विकासका पूर्वाधारहरूमा जोड दिन आवश्यक भएकोत
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।
मुलुकको सबैभन्दा ठुलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेसले आउँदो फागुन ७ गतेदेखि महासमिति बैठक आयोजना गर्दै छ । मिति तोक्दै र आवश्यक र अनावश्यक दुवै खाले कारण देखाउँदै पछि सर्दै आएको यो बैठक अब चानचुने कारण देखाएर सर्दैन भन्ने अपेक्षा राजनीतिक पर्यवेक्षकले गरेका छन् । देशको सत्तामा र प्रतिपक्षमा बस्ने दलका बैठक, भेला र महाधिवेशनहरूले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै पक्षमा गहन असर पार्ने भएकाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता दलका छलफललाई विशेष नजरले हेर्ने गरिन्छ । त्यसै अनुरूप निकटमै आइसकेको कांग्रेसको महासमितिलाई पनि हेरिएको छ ।
झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दोलखाको सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिले जिल्लामै पहिलो लङ फङसन टेस्ट ( स्पाई रो मेट्री ) सञ्चालनमा ल्याएको छ । बिरामीमा देखिएको श्वासप्रश्वास रोग दम वा फोक्सोमा हुने अन्य रोग हो भनी पत्ता लगाएर उपचार गर्न सजिलोको लागि यो विधि सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा.विनोद दङगालले जानकारी दिनुभयो ।
अभिभावकविहीन, बेवारिसे, असहाय र अनाथ बालबालिकालाई खाना, सुरक्षा, पालनपोषण, शिक्षासहित आश्रय प्रदान गर्न स्थापना भएका गृह नै बालगृह हुन् । परिवारको अभावमा पनि बालबालिकालाई हेरचाह र संरक्षण गर्ने वैकल्पिक माध्यमका रूपमा बालगृहलाई लिइन्छ । नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन, २०८० मा उल्लेख भएबमोजिम ४५ जिल्लामा जम्मा ४१८ वटा बालगृह सञ्चालनमा रहेका छन्; जहाँ पाँच हजार १४४ बालक र छ हजार ५८ बालिका गरी ११ हजार २०२ बालबालिकाले आश्रय लिइरहेका छन् ।
हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनपश्चात् नेपालको राजनीतिमा केही नयाँ उछाल प्रकट भएका छन् । निर्वाचन परिणामका आधार हेर्दा नतिजामा सारभूत प्रकृतिको बदलाव देखिएको छैन । सत्तापक्षीय गठबन्धनमा सामेल राजनीतिक दलका उम्मेदवार नै राष्ट्रिय सभामा निर्वाचित भए । राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने मतदाताको सङ्ख्या र तिनको मतभार अनुसार अहिले आएको परिणाम स्वाभाविक र अपेक्षाकृत नै हो । यद्यपि कोशी प्रदेशबाट भने एक सिटमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । सङ्ख्याका आधारमा यो घटना सानो भए पनि अनुमान गरिएभन्दा फरक प्रकृतिको नतिजा हो ।
धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।