जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डबल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, आयआर्जनलगायतका सेवामा समावेशी र समान पहुँच हुन नसकेको बताउनुभएको छ ।
चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीहरु अहिले पनि ढिके नुन प्रयोग गर्ने गर्छन् ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुने छ ।
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।
रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू परेको बताएको छ ।
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ ।
भौगोलिक विकटताका कारण घरबस्तीहरु टाढाटाढा हुँदा पालिकासँगको न्यून बजेटले नागरिकका असीमित मागहरु सम्बोधन गर्नुपर्ने अर्को छुट्टै बाध्यता छ ।
राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।
बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोलले हरायो ।