मकवानपुर जिल्ला अदालतले आइतबारबाट सुविधा सम्पन्न भव्य भवनबाट सेवा सुरु गरेको छ। हेटौँडा उपमहानगरपालिका २ स्थित भूकम्प प्रतिरोधी, लिफ्ट, अपाङ्गमैत्री र सोलार प्यानल जडित नवनिर्मित भव्य भवनबाट आइतबारदेखि सेवा सुरु गरेको हो ।
प्रहरीले पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय मञ्जु रावत घर्तीलाई पक्राउ गरेको छ।
सप्तरीको अग्नीसाइर कृष्णावरन गाउँपालिकामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । मालपोत कार्यालय सप्तरीले रोक्का गरेको बजारको जग्गा गाउँपालिकाले फुकुवा गर्न पत्राचार गरेपछि स्थानीयवासीले गाउँपालिका कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।
बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आज विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो ।
इजिप्ट र बुल्गेरियालीले रक्षा र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
संयुक्त राष्ट्र मानव अधिकारवादीहरूले सुडानमा सात लाख बालबालिका जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा उन्नत जातको मुर्रा राँगा ल्याइएको छ। जिल्लामै पहिलोपटक यहाँको मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा (भैँसी) ल्याएको हो।
कालीकोटको तिलागुफा नगरपालिका-७ का छिता शाहीका दुवै छोरा जन्मजात अपाङ्ग छन् । राम्रोसँग बोल्न र हिँड्न पनि नसक्ने उहाँका दुई छोरा रमेश शाही र सन्देश शाहीले विद्यालय देख्ने त कुरै भएन ।
गोरखापत्र दैनिकका सह-सम्पादक शेषकान्त पण्डितको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आइतबार नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले शोक सभाको आयोजना गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्प पीडितहरूको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।