मौलिक संस्कृति संरक्षणका लागि मकवानपुरमा लोकभजन, चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको छ । रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतीक्षा चौलागाईं, सचिवमा सुभाषचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्ष रामप्रसाद फुयाँल, सहकोषाध्यक्षमा गहन खतिवडा रहनुभएको छ । कार्यक्रममा विभिन्न खैँजडी, भजन एवं नौमति बाजा समूहले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
एआई प्रविधिमा निर्माण गरिएको भिडियो ‘तिमी जे बन उदाहरण बन’ ले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश दिन खोजेको छ । आइतबार सार्वजनिक भएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो ।
नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् । किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । आइतबार आयोजित ‘नेपालमा बाली प्रजनन र आनुवंशिकीको दृष्टिकोण र रणनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का अनुसार देशभर करिब ९० जनाको हाराहारीमा मात्र बाली प्रजनक सङ्ख्या रहेको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा चारमहिने अभियानको रिपोर्टिङ राख्ने नेताहरूले तल्लो वर्गलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो ।
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो ।
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल आज एक कार्यक्रमबिच सम्मानित हुनुभएको छ । दक्षिण एसियाली ज्योतिष महासङ्घ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हब पटना भारतको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो ।
छ महिनाभित्र शोधभर्ना वा क्षतिपूर्ति दिन सर्वोच्च अदालतले गरेको फैसला साढे छ वर्षसम्म कार्यान्वयन हुन सकेको छैन ।
रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।