बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् ।
नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।
काठमाडौँको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।
नेपाल-चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ।
पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
लहान–३ स्थित सगरमाथा चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना भएदेखि अहिलेसम्म ७७ लाख ६९ हजार ११० बिरामीको उपचार गरेको छ। जसमध्ये ३१ लाख ८३ हजार २१ आँखाका बिरामीको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ।
दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रकृयाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्दैं जाने बताउनुभएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपालमा पछिल्लो समय बढ्दै गएका नकारात्मक भाष्यहरूले अप्ठ्यारो परिस्थिति आएको बताउनुभएको छ ।
मकवानपुरको चित्लाङको बाख्रा विकास फार्मको चरण क्षेत्रमा चर्दै गरेका बाख्राहरु ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।
गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतित पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।