• २७ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक ओरालो यात्रामा

blog

फाइल तस्बिर

काठमाडौँ, माघ २८ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रु. चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको कारोबार भयो । 

एनआरएन इन्स्फास्ट्रचर रु. १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी रु. नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एसिया बैङ्क रु. आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट रु. आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशूली जलविद्युत् कम्पनी छ दशमलव ४१, दोर्दीखोला जलविद्युत् कम्पनी पाँच दशमलव शून्य आठ र मायाखोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड दोस्रो १०, युनिलिभर नेपाल सात दशमलव १४, गुराँस लघुवित्त सात दशमलव १३, गणपति लघुवित्त चार दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।  रासस