• १ जेठ २०८२, बिहिबार

बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी

blog

काठमाडौं,माघ २८ गते । काठमाडौँको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ ।

प्रहरी वृत्त नयाँबानेश्वरका असई नरविक्रम थापाका अनुसार दिउँसो २ः१५ बजे आगलागी भएको हो । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो  भन्ने यकिन भने नभएको उहाँको भनाइ छ ।

 विद्युत सर्ट भएर आगलागी भएको असई थापाले बताउनुभयो । आगलागीबाट केही सामान भने नष्ट भएका छन् ।

छ वटा दमकलको प्रयोगले आगलागी नियन्त्रणमा आएको हो ।