नेपाल—क्यानडा त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । खेल आज बिहान सवा ९ बजे हुँदै छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रव्रिmयाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा,
पर्यटकीय स्थल काँक्रेविहार पुग्ने सडक वर्षौंदेखि अलपत्र पारेपछि निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले अमर–सिस्ने नेपाल–मेघा कम्पनीको अग्रिम भुक्तानी रकम जफत गरेको हो । वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीयले समेत सास्ती भोग्नु परेको छ । पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार पटक पटक ताकिता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि धरौटी रकम जफत गरिएको हो । कम्पनीको धरौटीबापतको ८७ लाख रकम जफत गरिएको जनाइएको छ । नियम अनुसार ८७ लाख रकम जफत गरी कम्पनीलाई अब कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।
बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ ।
नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् । कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सुशासन कायम हुने र देशले समृद्धिको यात्रा तय गर्ने जनअपेक्षा स्वाभाविक थियो । मूल बाधकका रूपमा देखिएको भ्रष्टाचार नियन्त्रणतर्फ सरकारले कठोर कदम चालेर चुस्त प्रशासनिक व्यवस्था कायम गर्नु सरकारको मूल ध्येय हुनुपर्ने आमनागरिकको माग नै थियो । मुलुकको विकासका लागि पूर्वाधारहरू जतिसक्दो छिटो खडा गरी समुन्नतिको यात्रामा अगाडि बढ्ने हुटहुटी भए पनि भ्रष्टाचारको जालो तल्लो तहसम्म फैलिएर जनचाहनामा तुषारापात भएको अनुभव हुन्छ । भ्रष्टारसम्बन्धी अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिवेदन सार्वजनिक भइरहँदा आमनागरिकले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने लोकोक्ति स्मरण गर्दै निरासा व्यक्त गरिरहेको स्थितिलाई विडम्बनापूर्ण मान्नुपर्ने हुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति भ्रष्टाचारविरुद्धको अभियानका लागि सम्मान र प्रोत्साहन हो । यसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने हाम्रो सङ्कल्पलाई अझ बलियो बनाएको छ । आयोगले आफ्नो स्थापनाकालदेखि नै प्राप्त गुनासा र उजुरीउपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मे
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो ।
चालु आर्थिक वर्षको सात महिना लगभग सकिएको छ । नयाँ आवका निम्ति पाँच महिना मात्र बाँकी छ । नयाँ आवको बजेटको तयारी नै आरम्भ भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ आवको बजेटमा प्रणालीगत रूपमै परिवर्तन गर्ने प्रतिबद्धता मात्र व्यक्त गर्नुभएको होइन, त्यसका निम्ति गृहकार्य नै थालिएको स्पष्ट पार्नुभएको छ । बजेटको प्रणालीगत परिवर्तनका निम्ति विधायिकामा बजेटको सैद्धान्तिक पक्षबारे छलफल गर्न अध्यादेश नै ल्याइएको छ । साबिकमा बजेट अ
दोलखाको गौरीशङ्कर गाउँपालिका—९ को उत्तरी दुर्गम सिमी गाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबिच सुविधा सम्पन्न नवनिर्मित सो स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।
संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन र वर्षे अधिवेशनलाई बजेट अधिवेशन भनिन्छ । केही वर्षयताका सांसदले यो मान्यता अनुरूप काम गर्ने गरेका छैनन् । वर्षे अधिवेशनमा बजेट पारित गर्नुपर्ने बाध्यता भएकाले धेरथोर यसको पालना हुनुपर्ने बाध्यता छ तर हिउँदे अधिवेशन एउटा विधेयक पनि पारित नगरी सकिएका उदाहरण छन् । संसद्बाट भन्दा अध्यादेशबाट कानुन ल्याउन सरकारले रुचि राखेको जस्तो देखिन्छ । यो प्रवृत्तिमा नयाँ संविधान आएपछिका सरकारले ध्यान दिनुपथ्र्यो । दुर्भाग्यवश यस्ता सरकार बने जसले आज संसद् अधिवेशन अन्त्य गरेर भोलि अध्यादेश जारीसमेत गरे । यस्ता घटनामा कुनै सरकार अपवाद बन्न सकेनन् ।
गत पुस २९ गते सुरु भएको पोखरा महानगरपालिकाको १४ औँ नगर सभा आइतबार राति सकिएको छ । सभाले महानगरका स्वास्थ्य संस्थाका लागि एक सय ५४ नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को विमोचन गरिएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक आइतबार महासङ्घका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष किशोर नेपाल, तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धर्मेन्द्र झालगायतले विमोचन गर्नुभयो । पुस्तकमा नेपाल पत्रकार महासङ्घको नेतृत्व गरिसकेका २२ जना पूर्वध्यक्ष र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको जीवनी समेटिएको छ । पुस्तक विमोचनमा बोल्दै महासङ्घका पोखरेलले यस पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउनुभयो ।