इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इरानले लेबनानमा युद्ध विस्तार भएको हेर्न नचाहेको बताउनुभएको छ ।
रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् ।
दोलखाको तामाकोसी गाउँपालिका ५ सहरेमा खिम्ती १ जलविद्युत आयोजनाले खानेपानीको पाइपलाइन काटेपछि सो गाउँका विभिन्न बस्तीमा खानेपानीको समस्या भएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् ।
दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले जनाएको छ ।
खोटाङमा रैथाने बाली कोदोबाट स्वादिष्ट परिकार बनाएर विद्यार्थीले आम्दानी गर्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनका विद्यार्थीले कोदोको पिठोको मःम, बिस्कुट लगायतका स्वादिष्ट परिकार बनाएर विक्री गर्न थालेका छन् ।
राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका पालिकाहरूमध्ये पहिलो स्थान प्राप्त गरेको छ । जिल्लाका १२ वटा पालिकाहरूमध्ये वराहक्षेत्र नगरपालिकाले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।
राष्ट्रिय सभाका सांसदहरूले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ ।
बाँकेको नेपालगन्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको सडक निर्माण कार्य सुस्त बनेको छ ।
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबिच आइतबार नयाँ चरणको वार्ता सुरु भएको इराकी सरकारले जनाएको छ ।