सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गर्नुभएको छ ।
समथिङ फाउण्डेसनले चार जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ ।
सरकारलाई राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रण एवम् सुशासन कायमका लागि १८ बुँदे सुझाव पेस गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत रहेको बताउनुभएको छ ।
भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८ औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।
नासिर याहा हुसेन र गौरीका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गर्नुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ ।
युरोपेली सङ्घ (इयू) ले रुसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा युरोपमा हुने रुसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रुसको भन्सार कार्यालयले सोमबार जनाएको छ ।
नेपाल हक्की सङ्घ र नेपाल नेशनल हस्पिटलबिच खेलाडीहरूको उपचार सेवा सम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व सङ्कलन लक्ष्य पुरा गर्न सीमा क्षेत्रमा हुने अवैध ओसारपसारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। उहाँले सो निर्देशन दिए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाले सीमा सहजीकरण समितिको बैठक बोलाएर सीमामा कडाइ गरिने बताइएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौँको एक होटलमा यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमीला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।