मानिसको दैनिक जीवन अन्नबिना सम्भव छैन । अन्नको सम्बन्ध जमिनसँग हुन्छ । अन्नबाली मात्र होइन, सबै खालका खानेकुराको अन्तिम स्रोत धर्ती अर्थात् प्रकृति नै हो । भन्न नै अन्नपानीको शरीर भनिन्छ । भूमिबाट प्राप्त हुने अन्नबाली कृषिबाट मात्र सम्भव छ । मानव सभ्यता निर्माणको महत्वपूर्ण ऐतिहासिक विकासको आधारस्तम्भ पनि कृषि नै हो । कृषिले नै मानिसको स्थायी बसोबास र घरजमको विकास गरेको थियो । राज्यहरूको विकास क्रमसँगै संस्थागत रूपमा कृषिको विकास हुँदै गयो । राज्यले सबै नागरिक
रेडियो शब्दको प्रयोग सर्वप्रथम फ्रान्सका भौतिकशास्त्री बान्लीले सन् १८९७ मा गरेका हुन् । यसअघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो । रेडियोको जन्म हुनुमा धेरै जना वैज्ञानिक/अन्वेषकको अतुलनीय योगदान रहेको पाइन्छ । यीमध्ये म्याक्सवेल, मार्कोनी, लिडी फोरेस्ट, फ्लेमिङ, फेसेन्डेल आदि प्रमुख हुन् । सन् १९१० तिर रेडियोलाई पानीजहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ । यस्तै दोस्रो विश्वयुद्धमा रेडियोको प्रयोग प्रचुर मात्रामा भएको थियो ।
शिक्षाको औपचारिक सुरुवात धेरै पहिलेदेखि भए पनि सिपयुक्त तथा दैनिक व्यवहारसँग प्रत्यक्ष सम्बन्ध भएको शिक्षाको विकास आधुनिक युगमा मात्र भएको पाइन्छ । शिक्षाको मानव जीवनको व्यावहारिक पक्षसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसले मानिसलाई साधारण सिपदेखि जटिल विधाका विषयवस्तुमा आएका चुनौतीलाई सामना गर्न सक्ने बनाउँछ । विश्वविद्यालयको शिक्षाले व्यक्तिलाई विभिन्न क्षेत्रमा रोजगार बनाउनुका साथै सम्बन्धित क्षेत्रको विषयविज्ञ बनाउँछ तर विश्वविद्यालयको शिक्षा आज प्रमाणपत्र प्राप्त गर्ने मोसो मात्र भएको छ । त्यसैले देशको द्रुत विकास गर्न प्राविधिक शिक्षा आवश्यक छ तर प्राविधिक जनशक्ति हाम्रा विश्वविद्यालयले उत्पादन गर्न सकेका छैनन् ।
गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो ।
काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विश्वविद्यालयका ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ को आयोजना गरेको छ । केयूले आगामी बिहीबारदेखि शनिवारसम्म धुलिखेलमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना गरेको विश्वविद्यालयले जनाएको छ ।
सुशासन पद्धति, सामाजिक न्याय र नागरिक जीवनको चित्रणले मात्र कुनै पनि देशको राजनीतिक परिदृश्य र त्यसको धरातल स्पष्ट पारेको हुन्छ । देशको भावी योजना र पद्धति, स्वास्थ्य, शिक्षा, संस्कार, संस्कृति, राष्ट्र र जनताको सुरक्षाको अवधारणा जस्ता विषयलाई कसरी संस्थागत गर्ने र सुनिश्चितता प्रदान गर्ने भन्ने स्पष्ट मार्गचित्र लोकतान्त्रिक समाजवादी व्यवस्थाको मूल आधार हुनु पर्छ । यही पद्धतिका आधारमा राज्यको भविष्य सुनिश्चित बन्ने हुँदा स्पष्ट दिशाबोध गर्न सक्ने राज
दोलखाको सदरमुकाम चरिकोट स्थितको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पाँच लाख रुपियाँ बराबरको ५१ थरिका आवश्यक औषधी व्यवस्था गरेको छ । बिरामीको सहजका लागि केन्द्रमा सञ्चालित औषधी पसलमा सशुल्कका ५१ थरी औषधि व्यवस्था गरिएको केन्द्रका आयुर्वेद चिकित्सक डा.मनोजकुमार चौधरीले जानकारी दिनुभयो ।
चितवनको माडी नगरपालिका–९, बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । शतप्रतिशत विद्युतीकरणको लक्ष्य साकार पार्न लागिपरेको नेपाल विद्युत् प्राधिकरणले सो क्षेत्रमा विद्युतीकरणका लागि दुई वर्षपहिले नै काम थाल्यो तर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पत्र पठायो, “बाँदरझुालामा विकास नलग्नु अन्यथा कारबाही हुने छ ।” नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेन्डर आह्वान गरेको थियो तर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा सो बस्ती रहेको र बिजुली पु¥याउँदा अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार ग¥यो ।
दाङको गढवा गाउँपालिका ८ कोइलाबासस्थित नेपाल भारत सिमानामा सोमबार दाङ जिल्ला सुरक्षा समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सशस्त्र प्रहरी,नेपाल प्रहरी,एसएसबीको सहभागितामा नेपालको राष्ट्रिय झन्डा राखिँदै ।
गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको छ । कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीले हल बन्द गर्ने निर्णय लिइएको प्रबन्धनिर्देशक निरक पौडेलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भन्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो ।