रूकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु नहुने बताउनुभएको छ।
उन्नत जातको बोका र बाख्रा पाएपछि चेपाङ समुदायका विपन्न किसानहरू खुसी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ मा रहेको विपन्न चेपाङ समुदायका किसानहरूलाई जीविकोपार्जन सहयोगका लागि उन्नत जातको बाख्रा तथा बोका वितरणले राहत भएको गण्डकी गाउँपालिका-७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन अवरुद्ध हुने भएको छ। सडक कालोपत्रे गर्नको लागि फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वा विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो।
चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।
सिन्धुलीको कमलामाई नगरपालिका-५ मा कोरिया-नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उदघाटन गर्नुभयो ।
युरोपियन युनियनको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने सम्झौता गरेको छ।
पूर्व कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा मालदिभ्समाथि नेपालले कीर्तिमानी जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा मालदिभ्सलाई दुई सय २४ रनले हरायो ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी ।
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष, सिर्जनशील, उद्यमशील तथा प्रतिस्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्वविद्यालय स्थापना गर्न लागेको बताउनुभएको छ ।