• १२ साउन २०८१, शनिबार

सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु हुँदैन : शेखर कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । फाइल तस्बिर

काठमाडौं, फागुन १ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु नहुने बताउनुभएको छ। 

मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले सङ्क्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने बताउनुभयो। उहाँले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनुपर्नेमा जोड दिनुभयो। 

उहाँले पीडितलाई मर्का पर्नेगरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनु नहुने बताउनुभयो। नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसदबाट पास भए पनि अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै सङ्क्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने बताउनुभयो।

उहाँले लोकतन्त्र नेताहरूको लागि मात्रै आएको भन्दै अझै पनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताउनुभयो।