वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् ।
दोलखाको तामाकोशी गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको कार्यविधि, पालिकाको शिक्षा ऐन र सङ्घीय शिक्षा ऐन अनुसार खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि पालिकाले प्रक्रिया अगाडि बढाएको हो ।
लामो प्रयासपछि सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले बिहीबार कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलमा हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो ।
भेरीगङ्गा नगरपालिका–२ स्थित छिन्चु खोलामा निर्माणाधीन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार छिन्चु खोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ साल फागुन १५ गते १७ करोड ७२ लाख रुपियाँमा अञ्जना वाइएसएस जेभी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल–भारतको दसगजा क्षेत्रलाई जोड्ने उर्लाबारी–आमबारी–गाईघाट– सिजुवा–भद्रचोक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ को यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थी यतिबेला परम्परागत दुनाटपरी बनाउने सिप सिक्न व्यस्त छन् । विद्यालयले पराम्परागत सिपलाई पुस्तान्तरण गर्न र संस्कारका रूपमा विकास गर्न दुनाटपरी बनाउन सिकाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले व्यावहारिक रूपमा सिप सिकाउनका लागि दुनाटपरी बनाउने सिप सिकाउन थालिएको बताउनुभयो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वसन्त पञ्चमीको शुभकामना दिनुभएको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमी तिथिमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिनुभएको हो ।
सबै जसो प्रहरी कार्यालयमा वर्षौंदेखि सवारीसाधन असरल्ल देखिन्छन् । न सवारीधनीले दाबी नै गर्न आउँछन् न त प्रहरीले उचित व्यवस्थापन नै गर्न सकेको छ । प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा दशकौँदेखि बेवारिसे बनेका सवारीसाधनले प्रहरी कार्यालयको सौन्दर्यमा मात्र होइन अनावश्यक रूपमा जग्गा ओगट्दा कार्यसम्पादनमा समेत समस्या ल्याउने गरेको देखिन्छ । विभिन्न समयमा फेला परेका
न्यायको माग गर्दै पैदल मार्चपास सुरु गरेका मिटरब्याजपीडितको एउटा टोली १५ औँ दिनमा गए राति कञ्चनपुरको महेन्द्रनगरबाट नवलपुरको सदरमुकाम कावासोती आइपुगेको छ । पूर्वको काँकडभिट्टाबाट पैदल यात्रा सुरु गरेको अर्को टोली भने १५ औँ दिनमै मकवानपुरको हेटौँडा आइपुगेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी नवलपरासीमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे (चैते) धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३, विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण करिब ३४ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडक जीर्ण बनेपछि पुनः सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको छ । घोराही–मुर्कटी–प्युठान सडक अन्तर्गत घोराही उपमहानगरपालिकाको नवलपुर सिस्नेखोलादेखि बङ्गलाचुली गाउँपालिकाको तापा–कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय दाङमार्फत लुम्बिनी जलजला जेभीले करिब छ वर्षभित्र सडक निर्माण सक्ने गरी ३४ करोड १६ लाख ७७ हजार रुपियाँ बजेटमा २०७२ साल असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले दुई वर्षअघि गरेको कालोपत्रे अहिले भेट्टाउनै मुस्किल पर्ने अवस्थामा पुगेको स्थानीय छविलाल पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक कालोपत्रे गरेको थियो ।
लोकतान्त्रिक–वाम गठबन्धनको सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदा अर्थविद्द्वारा बजेट निकै महत्वाकाङ्क्षी भएकोले अनुमानित स्रोत अनुसारको सुनिश्चितता र खर्च व्यवस्थापन गर्न सरकारलाई सकस पर्ने आकलन गरिएको थियो । विगतकै बाटोबाट ल्याइएको भए पनि बजेटप्रति गरिएको संशय अर्धवार्षिक समीक्षासम्म आइपुग्दा यथार्थमा परिणत भएको छ । बजेट कार्यान्वयनका क्रममा सरकारले गरेको अहिलेसम्मको प्रगतिलाई हेर्दा अनुमान गरिए अनुसारको राजस्व सङ्कलन र विनियोजित शीर्षक अनुसारको रकम खर्च नहुने स्पष्ट भएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक ग
दुःख, सङ्घर्ष, उद्यमशीलता र पौरख गरेर कमाएको धनले मानिसमा आत्मगौरव बढाउँछ तर भ्रष्टाचार, अनियमितता र ठगी गरेर गरेर कमाएको धनले उसमा अस्वाभाविक खालको घमण्ड र अभिमान बढाउँछ । अहिलेको नेपाली समाजको तस्बिर अस्वाभाविक खालको घमण्ड र अभिमानतिर जाँदै गरेको देखिन्छ । त्यसैले सुख र समृद्धिको पूर्वसर्त भ्रष्टाचारको अन्त्य नै हो । भ्रष्टाचारको दाग नहटुञ्जेल मुलुकको मुहार सफा हुन सक्दैन । उद्यमशीलता र नवप्रवर्तनमा पछाडि पर्नु, स्वच्छ व्यावसायिक वातावरणको अभाव खट्किनु, विकासको गति धिमा हुनु, पूर्वाधारमा गरिएका लगानी बालुवामा पानी बगे जस्तै हुनु, प्रशासन सञ्चालनको लागत अत्यधिक बढ्नु तर जनताले पाउनुपर्ने आधारभूत सेवासमेत सहज हुन नसकी तजविजी अधिकार, भनसुन, पक्षपात, विभेद र अन्यायले राज गर्नुको पछाडि भ्रष्टाचार नै हो । यस प्रकारका प्रवृत्ति मुलुक र भावी पुस्ताका लागि निकै घातक छ । समृद्धिको यात्रामा बाधक छ ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।