लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ ।
नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ ।
सरस्वती पूजाको अबसर पारेर चलचित्र सलीनाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सलीना आउने चैत १६ गते नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा प्रदर्शन हुने बताइएको छ ।
मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१ औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ ।
कोटेश्वर बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बुधबार आयोजना गरिएको क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका उपकुपति प्रा.शिवलाल भुसालले सरस्वतीको प्रतिमामा माल्यार्पण गरेर सुभारम्भ गर्नुभएको थियो ।
२०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।
नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउन नेता कार्यकर्ताले सुझाव दिनुभएको छ ।
सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको मुद्रा प्राणायाम पुस्तक बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।
दाङमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव –२०८० हुनेभएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका –५ सुंगरखालमा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटी (व्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) पढाइ सुरु भएको छ ।