गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका प्राज्ञ नव सापकोटा र दार्जिलिङकी स्नेहलता राईलाई प्रदान गर्ने भएको छ ।
नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
विभिन्न बहानामा कराेडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।
धनुषाको ढल्केबरमा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ ।
भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ ।
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दोस्रो दिन बुधबार समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ८ बाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गर्नुभएको छ ।
सुनसरीको कोशी टप्पुवन्य जन्तु आरक्षले अढाई वर्षमा एक करोड पाँच लाख बढी राहत रकम वितरण गरेको छ ।
विद्याकी देवी सरस्वती पूजाको आराधनासँगै बटेश्वर गाउँपालिकास्थित शिव शक्ति माध्यमिक विद्यालयले छ कोठे र चार कोठे भवनको उद्घाटन गरेको छ ।