पछिल्लो समयमा नेपालमा प्रणय दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलनसँगै विभिन्न विकृति पनि भित्रिएका देखिन्छन् । यही प्रणय दिवसमा नवलपुर गैँडाकोट–१२ का एक दम्पती भने सम्बन्धविच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन जिल्ला अदालत नवलपुरमा पुग्यो । सहज र सुखी जीवनको खोजीमा धेरै महिला तथा पुरुषले सम्बन्धविच्छेदको बाटो रोजे जस्तै आफूहरूले पनि सम्बन्धविच्छेद गरेको रेनु दमाईं र सन्तलाल परियारको भनाइ छ । जीवनभर सँगै रहने वाचासहित विवाहको पवित्र बन्धनमा बाँधिएको र सँगै बाँच्ने कसम खाएर जोडिएको सम्बन्ध प्रणय दिवसका दिन तोडिएको सन्तलाल बताउनुहुन्छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिका–२ स्थित पुलखोलाको दसगजामा निर्माण गर्दै गरेको पक्की संरचनाको काम तत्कालका लागि रोकिएको छ ।
चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो ।
गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ ।
कुनै पनि मुलुकको समृद्धिको मापन त्यस मुलुकले गरेको भौतिक विकास मात्र होइन । त्यस मुलुकको भाषा, साहित्य, कला र संस्कृतिको महत्व भौतिक विकासभन्दा पनि अमूल्य मानिँदै आएको छ । मुलुकको विशिष्ट पहिचानको रूपमा रहने यस्ता कुरालाई विश्वको साझा निधिको रूपमा हेरिन्छ । मुलुकका यस किसिमका ऐतिहासिक सम्पदा पर्यटकीय दृष्टिले झनै बढी महìवपूर्ण हुने हुँदा पर्यटन उद्योगबाटै समृद्धि हासिल गरेका मुलुक धेरै छन् । नेपालमा विद्यमान सम्पदा पनि विश्वका सम्पदाहरूको तुलनामा कम महत्वका छैनन् । केवल प्रचारप्रसार र संरक्षणको कमीका कारण पर्यटकीय प्रवर्धन हुन सकिरहेको छैन ।
बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।
गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ ।
वैदेशिक लगानी एक देश वा संस्थाले अर्को देशमा गरिने लगानी हो । विशेष गरी विकासोन्मुख देशका लागि यसको उपादेयता अत्यन्त ज्यादा रहन्छ । लगानी आएको देशका लागि त्यहाँको स्रोतसाधनको परिचालनमा यसले थप सहयोग प्रदान गर्छ । यसबाट नयाँ व्यवस्थापकीय तौरतरिकाको प्रयोग हुन्छ । वित्तीय स्रोतसाधन भित्रिन्छ र बजारमा पहुँच प्राप्त हुन्छ । नयाँ नयाँ प्रविधिमार्फत सम्बन्धित देशको विकासको गतिमा तीव्रता आउँछ । यसबाट वस्तु र सेवाको उत्पादनमा सुधार हुन्छ । आवश्यकता अनुसार राष्ट्रको हितमा प्रयोग गर्ने वातावरण बन्छ । विकासको संवाहकका रूपमा विदेशी लगानीलाई स्वीकार गर्नु पर्छ । यसका लागि खुला र एकीकृत बजार व्यवस्थाको आवश्यकता पर्छ । आधुनिकीकरण, आर्थिक विकास र औद्योगिक विकासका लागि वैदेशिक लगानी अपरिहार्य प्रमाणित भ
अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कुलपतिले खुला प्रतिस्पर्धाबाट छनोट गर्ने अभ्यास प्रारम्भ भएको छ । यो अभ्यासले अब विश्वविद्यालयमा रेक्टर, रजिस्ट्रार, डिनलगायतका सार्वजनिक पदमा समेत यहीँ विधि अपनाउनु पर्छ भन्ने मान्यता स्थापित गर्ने आधार तय भएको छ । यो नै विश्वविद्यालय सुधारको प्रस्थान बिन्दु बन्ने छ । मानवीय चेत सकारात्मकभन्दा नकारात्मक भावनाबाट बढी ग्रसित हुने गर्छ । प्रधानमन्त्री एवं कुलपतिको यो कदमबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । प्राज्ञ–विज्ञका रायसहित आवेदनकर्ताका बारेमा समेत पत्रपत्रिकामा समाचार मात्र आएका छैनन् संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा समेत बहस भइरहेको छ । यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२३ पछि बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाइएको छ । युरोपमा दादुराको सङ्क्रमण सन् २०२२ मा ९४१ जनामा देखिएको थियो भने पछिल्लो वर्ष ३० गुणाले बढेर ३० हजारभन्दा बढीमा सङ्क्रमण देखियो । धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्दै जाँदा विश्वका हरेक भागमा सङ्क्रमण देखा परिरहेको छ । तथापि अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा परेको छ । विश्वमा दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । तीमध्ये अधिकांश बालबालिका छन् ।
नेपालको संविधान, २०७२ ले शिक्षालाई नागरिकको मौलिक हक मानेको छ । संविधानमा आधारभूत तहसम्म अनिवार्य एवं निःशुल्क, माध्यमिक तहसम्म निःशुल्क र आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका र दलित वर्गलाई उच्च तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराइने उल्लेख छ । ऐन कानुनको हकमा, अहिले नेपालको शैक्षिक क्षेत्र, विद्यालयय शिक्षा ऐन, २०२८, प्राविधिक शिक्षा ऐन, २०४५, माध्यमिक शिक्षा ऐन, २०४६, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुरूप नेपालका शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । शैक्षिक क्षेत्रलाई समयसापेक्ष गराउने उद्देश्यका साथ विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षा विधेयक मस्यौदा अहिले सङ्घीय संसद्मा छलफलको चरणमा छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा