काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो ।
नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।
उद्यमशीलतामा महिला सहभागिता बढाउने लक्ष्यसहित भैरहवामा हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ को तयारी पूरा भएको छ । ‘महिलालाई लगानी, घर–घरमा उद्यमी’ नाराका साथ भैरहवामा शुक्रबारदेखि दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ हुन लागेको हो ।
कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजार कारागारमा रहेका कैदीहरुको स्वास्थ्य बिमा गरेको विभागका जानकारी दिनुभयो ।
न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले ज्ञानमा आधारित उद्योगको रुपमा सञ्चार क्षेत्रलाई विकास गर्नुपर्ने बताउनुभएको छ ।
दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा दोजाम कर्णालीमा निर्माणधिन पुलको निर्माण कार्य अगाडि बढेको छ ।
उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ ।