प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ ।
राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि बिहीबार सम्झौता गरेको छ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आज धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले आज धनगढीमा उहाँलाई नागरिक अभिनन्दन गरेको हो ।
नेकपा (एमाले), कैलालीको नवौँ अधिवेशन सुरु हुनुअघि नै विभिन्न पाँच पदका लागि दाबेदारी प्रस्तुत भएको छ । फागुन ६ र ७ गते सुख्खडमा हुने जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन हुन अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाले बिहीबार उम्मेदवारी प्रस्तुत गर्नुभएको हो ।
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
नेकपा (माओवादी केन्द्र) ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताउनुभएको छ।
नेकपा (एमाले) ले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो।
फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
“अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ झोङ्गर गाउँको पैनी किनारबाट लुकाइछिपाई राखिएको करिब ३२ क्युफिट सालको गोलिया बरामद भएको छ।
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’परीक्षण गर्ने विधि हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।