सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्लाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो दुर्घटनामा चालकको ज्यान गएको छ । मोलुङ गाउँपालिका–५ प्राप्चादेखि सोही वडाको खोलाखर्क जाँदै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा मोरङ पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
मुलुकको हालसम्मको सबैभन्दा ठुलो परियोजनाका रूपमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनौट गरिएको छ ।
स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो ।
आँधीखोला गाउँपालिका–४ ध्याङसाङदीमा रहेको श्रवणकुमार समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण गरिएको छ ।
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरूको समेत निरीक्षण पछि कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ ।
पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
नेपाली अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने गर्नुहुने भएको छ ।
कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ ।
पोखरामा शनिबार हुने १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक हजार आठ सय ७८ धावक दौडिने पक्का पाएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्द्धनात्मक हवाई उडानको नयाँ भाडा निर्धारण गरिएको छ ।