• ९ जेठ २०८१, बुधबार

समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण

blog

विश्रामस्थलको उद्घाटन गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन ३ गते । आँधीखोला गाउँपालिका–४ ध्याङसाङदीमा रहेको श्रवणकुमार समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण गरिएको छ ।

नेपाली सेनाको सरजित गुल्म स्याङ्जालेल गाउँपालिकासँगको सहकार्यमा शीघ्र प्रवाही योजना अन्तर्गत रेलिड्ढ र बिश्रामस्थल निर्माण गरेको गुल्मपति दीपेश खड्काले बताउनुभयो । 

पौराणिक कथनअनुसार त्रेतायूगमा आफ्ना वृद्ध बाबुआमालाई तीर्थ लिएर मुक्तिनाथ जानेक्रममा दशरथको बाणबाट पितृभक्त श्रवणकुमारको मृत्यु भएको ठाउँ ध्याङसाङदी मानिन्छ ।  

जिल्लाको दुर्गम तथा पिछडिएको ठाउँमा पार्क, बिक्षारोपण, सरसफाइ ऐतिहासिक स्थलको संरक्षण गर्ने क्युआइपी अन्तर्गत यहाँ ३८ दिनको अवधिमा पालिकाको दुई लाख बराबरको सामग्री, नेपाली सेनाको नौ लाख र छ सय जनाको श्रमदानसहित २० लाखको लागतमा रेलिड्ढ र बिश्रामस्थल निर्माण गरिएको हो । 

यहाँ समाधिस्थल रहेको पोखरीको बाहिर रेलिड्ढ बनाइएको छ । एक बिश्रामस्थल र ११ वटा बस्ने कुर्ची निर्माण गरिएको छ । रेलिड्ढ र बिश्रामस्थल पश्चिम पृतना प्रमुख उपरथी सन्तोषबल्लभ पौडेलले गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेललाई हस्तान्तरण गर्नुभयो । 

रेलिड्ढ र बिश्रामस्थल गत मङ्सिर १० गतेबाट जमदार झलक भण्डारीको नेतृत्वमा दैनिक १५ जना नेपाली सेनाले निर्माण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिकरकुमार पौडेलले विपत् सार्वजनिक रक्षाका निम्ति मात्र नभई यहाँ रेलिड्ढ र बिश्रामस्थल बनाएर ठुलो गुन लगाएको बताउनुभयो । 

सामाजिक क्षेत्रमा नपाली सेना मात्र नभई सबै नागरिक लाग्नु पर्ने बताउँदै पौडेलले समाधिस्थलाई विश्वमै परिचित गराउने प्रयास गरिने बताउनुभयो ।

यस्तै पश्चिम पृतना हेडक्वाटरका पृतनापति सन्तोष वल्लव पौडेलले जनतासँग सम्बन्ध बुद्धि गर्ने उद्देश्यले यो कार्यक्रम नेपाली सेनाले गर्ने गरेको बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले नेपाली सेनाले बनाएको संरचनालाई संरक्षणसहित स्तरोन्नतिमा पालिका निरन्तर लागिरहने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा जनकल्याण आमा समूहले झाँकी तथा नृत्य प्रस्तुत गर्नुभयो ।