सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो ।
गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गर्नुभएको छ ।
रुपन्देहीका उद्योगी व्यवसायीले दक्ष जनशक्ति नहुँदा अझै पनि भारत र तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परिरहेको बताएका हुन् । नेपालमा थुप्रै तालिमप्रदायक संस्थाले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरे पनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पूरा गर्न नसकेको उद्योगीको भनाइ छ ।
एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा सुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।
मुलुकमा राजनीतिक परिवर्तन जुन रूपमा हुँदै आएको छ, सो अनुरूप सर्वसाधारणको दैनिक जीवनस्तरमा भने परिवर्तन आउन सकेको देखिँदैन । गाँस, बास र कपास जस्तो जीवन धान्न अपरिहार्य आवश्यकता जुटाउनमै अधिकांश नेपालीको दिनचर्या बितिरहेको छ । यिनै कुराको समाधान गर्न राजनीतिक कालखण्डका अनेक चरणमा एसियाली मापदण्ड, गरिबसँग विश्वेश्वर, नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली जस्ता अनेक नारा अगाडि सारिए । नेपालको संविधानले नै प्रत्येक नागरिकका लागि सम्मानपूर्वक बाँच्न पाउने हक स्थापित गरेको छ । यसका लागि आवश्यक पर्ने यावत् नागरिक हकहरू संविधानमा निर्दिष्ट गरिएको छ । व्य
यही फागुन ७ गतेबाट नेपाली कांग्रेसको नीति महासमिति बैठक बस्दै छ । यो बैठकले कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कांग्रेसलाई पूर्ण लोकतान्त्रिक पार्टीका रूपमा सञ्चालन गर्न केही प्राविधिक, व्यावहारिक तथा नीतिगत समस्या छन् । ती समस्या समाधान गर्न यो महासमिति सफल हुने आमकांग्रेसजनको विश्वास छ । कांग्रेस पुरानो र जेठो पार्टी भएकोमा गर्व गर्ने अवसर पाए जसरी नै विरासतमा केही जीर्ण रोगको भारसमेत वर्तमान पुस्ताले बोक्नु परेको छ । वडादेखि केन्द्रीय तहसम्म वृद्ध नेताहरू हुनुहुन्छ । उहाँहरूको योगदान प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भएकोमा दुई मत छैन । वर्तमानका चुनौतीको सामना गर्न प्रविधिमैत्री, अध्ययनशील तथा भविष्य द्र
डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाउनुभएको छ ।
उच्च शिक्षा अध्ययनका लागि वार्षिक एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । विश्वका ७१ भन्दा बढी देशमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका छन् । दिनमा सरदर पाँच सय विद्यार्थीले एनओसी पत्र लिने गरेको तथ्याङ्क पनि छ । अध्ययन तथा श्रमका लागि भनेर गत आर्थिक वर्षमा आठ लाख नेपाली विदेश गएको तथ्याङ्क छ । विश्वका १७८ देशमा अध्ययन तथा रोजगारीका लागि नेपाली जाने गरेका छन् । प्रतिवर्ष सात लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । जनगणना २०७८ ले करिब २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ । औपचारिक तथा अनौपचारिक रूपमा विदेश जाने नेपाली करिब ६० देखि ७० लाखसम्म रहेको अनुमान छ । यो हालको जनसङ्ख्याको झन्डै २० प्रतिशत हुन आउँछ । सन् १९९० को दशकमा राजनीतिक तथा आर्थिक क्षेत्रमा
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल र बनेपामा शुक्रवार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार जिल्लाको धुलिखेल नगरपालिका( १२ शंखु अधेरीका सुमन जङ्ग थापाको दुई तले कच्ची गोठमा शुक्रवार बिहान विद्युत्को करेन्ट सर्ट भई आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि चौपायातर्फ एउटा गाई र छ वटा बाख्रा जली क्षति भएको प्रहरीले जनाएको छ । थापाको गोठमा लागेको आगलागी बिहान करिब ५:४० बजे नियन्त्रणमा आएको र आगलागीबाट करिब चार लाख नब्बे हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जनतासँगको सम्बन्ध सुमधुर बनाइराख्न, शासकीय गतिविधि र प्रक्रियामा जनसहभागिता प्रवर्धन गर्न तथा सरकार र प्रशासनको वैधताका लागि सार्वजनिक जवाफदेहितालाई शासकीय जीवनको अभिन्न पक्षका रूपमा जोड दिन थालिएको छ । सार्वजनिक दायित्व बहन गर्ने व्यक्तिको सदाचारिता र नैतिक आचरणलाई जीवन्त राख्न तथा सार्वजनिक सेवा प्रवाहजन्य कामकारबाहीमा निष्पक्षता कायम गर्नसमेत यसको अनिवार्य आवश्यकता रहन्छ । त्यसैले सार्वजनिक जवाफदेहिता जवाफदेही प्रशासनिक व्यवस्थाको अनिवार्य सर्त हो ।
कुमारी, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी, सनराइज, सिटिजन र प्राइम कमर्सियल बैङ्कको खराब ऋण ४ प्रतिशतमाथि पुगेको छ । खराब ऋण अनुपात कुमारीको सबैभन्दा बढी ४.९७ प्रतिशत छ । गत वर्ष पाँच वटा बैङ्कको खराब ऋण १ प्रतिशतभन्दा मुनि रहेकोमा यसपालि एभरेस्ट बैङ्क मात्र त्यसमा सफल भएको छ । गत वर्षको छ महिनाको तुलनामा यो वर्षको पुससम्म कृषि विकास र सिद्धार्थ बैङ्कबाहेकका बाँकी बैङ्कको खराब ऋण बढेको छ ।
फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेंडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रुपमा भोटे कुकुर पाल्ने गरिन्छ ।
नइ प्रकाशनले २०७९ सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । यसै गरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको भारत दार्जिलिङका स्नेहलता राईलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।